मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
काठमाडौं । बारामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको कलैया उपमहानगरपालिका–४ स्थित फुपाजुको घरमा आएका भारत मोतीहारी दरपा थाना नरकटिया गाउँ बस्ने १७ वर्षीय सहिल साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आइतबार मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर साह गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
