समाचार
आज विवाहपञ्चमी महोत्सव मनाइँदै
जनकपुरधाम । जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष जनकपुरमा भव्यताका साथ मनाइने गर्दछ । मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको मुख्य दिन आज हो । त्रेता युगमा प्राचीन मिथिलाको...
नेपाल प्रहरीमा नयाँ भर्ना खुला (सूचनासहित)
काठमाडौं । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न पदमा दस्खास्त दिन आह्वान गरेको हो । कार्यालयले खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि दरखास्त दिन आह्वान गरेको हो । यसैगरी, भान्छेका लागि ४७ जना...
युयोर्कमा युनाइटेड हेल्थ केयरका सीइओको गोली हानी हत्या
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ब्रायन थोम्सनको गोली हानी हत्या गरिएको छ । थोम्सनलाई बुधबार म्यानहट्टनको मिडटाउनमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको हो । सो कम्पनीको एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा आक्रमण भएको प्रहरीले जनाएको खसोखास डटकममा समाचार छ । खसोखासको...
एनपिएलमा दुई खेलः जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स विजयी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको एनपिएल अन्तर्गत आज दुई खेल सम्पन्न भएको हो । आजको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्ले विजयी हासिल गरे । जनकपुर बोल्ट्सले लगातार तेस्रो खेलमा पनि विजयी हासिल गरेको...
हेटौंडा जेसीजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । उक्त शिविर हेटौंडा जेसीज र टोल विकास संस्था वडा समन्वय समितिले आयोजना गरेको हो । शिविरमा ४०४ जनाको आँखा परीक्षण गरिएको छ । जसमध्ये २७ जनामा मोतिबिन्दुको समस्या देखिएको हेटौंडा जेसीज वर्ष सन्...
हेटौंडामा अभिभावकलाई ६ महिने सिलाई कटाई तालिम
मकवानपुर । छोराछोरी नेपाल मकवानपुरले हेटौंडामा ६ मिहने सिलाई कटाई तालिमको आयोजना गरेको छ । हेटौंडा–१५, जाँतेस्थित पारिजात प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीका १२ जना अभिभावकलाई तालिम दिइएको हो । छोराछोरी नेपाल मकवानपुरकी संयोजक रीता मोक्तानले आफ्ना छोराछोरीको लुगा आफैंले सिलाउन सकुन् र जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त तालिमको...
वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ओद्योगिक व्यवस्थापन कार्यालयले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यालयको आयोजना गरेको हो । रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग भएको हो । हेटौंडा औद्योगिक क्षेत्रस्थित कार्यालय परिसरमा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन्...
लागूऔषधसहित आठ जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, कैलाली र चितवन जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकस्थित सेवारो ताप्लेजुङ होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ६ सय मिलिग्रामसहित २ जनालाई बुधबार...
बिहीबार १६ अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन सेयर बजार नेप्से १५.९३ अंकले घटेको छ । घटेको बजारमा परिसूचक २७३४ दशमलव ९३ बिन्दुमा झरेको छ । आज कारोबार भएकामध्ये ४० कम्पनीको मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनीको स्थिर रह्यो । बिहीबार ८...
स्वदेश फर्किए प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली चारदिने चीन भ्रमण सकेको आज दिँउसो काठमाडौं आइपुगेका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् । उनी मंसिर १७ गते चीन भ्रमण गएका थिए ।










