समाचार
ख्रिष्टमसको अवसरमा शुभकामना आदानप्रदान
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ख्रिष्टमसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । ख्रिष्टमस उत्सव २०८१ तथा नव वर्ष सन् २०२५ को अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघ नेपाल जिल्ला समिति मकवानपुरले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा भएको...
मकवानपुरमा डेंगु सक्रमितको संख्या २३५२ पुग्यो
मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या २३ सयभन्दा बढी पुगेको छ । जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या २ हजार ३ सय ५२ पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा १ हजार १३५ जना महिला र १ हजार...
मकवानपुरमा बसको ठक्करबाट दुई जना घाइते
मकवानपुर । मकवानपुरका बसको ठक्करबाट दुई जना घाइते भएका छन् । जिल्लाको मनहरी गाउँपालिका–८, भीआईपी चोकस्थित पुर्व–पश्चिम सडकखण्डमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् । घाइते हुनेहरुमा मनहरी गाउँपालिका वडा नम्वर ७, पेन्चे बस्ने अन्दाजी वर्ष २७ को अमर थिङ र सोही ठाउँ बस्ने वर्ष...
गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुरबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका–५, ढुङगुखोलाको बगरबाट लागूऔषध गाँजा १७ किलो ६०० ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पर्साको पर्सागढी नगरपालिका वडा नम्वर ८ बस्ने वर्ष ४६ को देवीलाल सहनी र सोही नगरपालिका...
हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, गोल्पिङटार बस्ने ५८ वर्षीय मन्ताज मिया रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, दिउँसो साढे २ बजेको समयमा आफ्नै निर्माणधिन अवस्थामा...
राष्ट्रपतिको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । आज बिहानै मात्रै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका उनको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको हो । सो अस्पतालका निमित्त कार्यकारी निर्देश प्रा.डा. घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न भएको उल्लेख गरिएको छ । अस्पतालका...
मउवा संघको अध्यक्षमा प्रमोद सिं रानाभाटले गरे उम्मेदवारी घोषणा
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि प्रमोद सिं रानाभाटले उम्मेदवारी घोषणा गरेका छन् । संघको ३ वर्षे कार्यकालका लागि उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । यही मंसिर २४ गतेदेखि २७ गतेसम्म हुने संघको ५८ औँ साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछ । त्यसका...
मकवानपुरमा बस दुर्घटना, २२ जना घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५, तिनतले घुम्तीस्थित धरान–चतरा सडकखण्डमा बुधबार बस दुर्घटना भएको छ । बिहान पौने ११ बजेको समयमा हेटौंडाबाट छतिवनतर्फ जाँदै गरको बा ५ ख ६६५३ नं. को बस आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खोल्सामा खसी दुर्घटना भएको हो । उक्त...
उपनिर्वाचन सफल बनाएकोमा कांग्रेस बागमतीद्वारा आभार
मकवानपुर । मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाएकोमा नेपाली कांग्रेस बागमती प्रदेश समितिले सबैप्रति आभार व्यक्त गरेको छ । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बुधबार एक सन्देश जारी गर्दै स्थानीय तहको उप–निर्वाचन, २०८१ उत्साहपूर्ण रुपमा सम्पन्न भएको बताए । ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनमार्फत्...
हेटौंडा अस्पतालमा विशेषज्ञ अभाव हुँदा मुटु परीक्षण उपकरण थन्कियो
हेटौंडा । हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटु रोगीको परीक्षण उपकरण थन्किएको छ । मुटु रागीको जाँचका लागि ल्याइएको उपकरण विगत डेढ वर्षदेखि थन्किएको हो । मकवानपुर रोटरी क्लबले हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा रु एक करोड मूल्य बराबरको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट...










