समाचार
हत्या गरेको आरोपमा पक्राउ
दैलेख । दैलेखको दुल्लु नगरपालिका–१३ खडिका धारा बस्ने ५६ वर्षीय कर्णबहादुर कामीको हत्या गरेको आरोपमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४३ वर्षीय भुवन सिंह बिकल रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट बैंक विनायकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।...
चाडपर्व लक्षित अनुगमनबाट ६८ लाखभन्दा बढी जरिवाना असुल
काठमाडौं । चाडपर्व लक्षित बजार अनुगमनबाट सरकारले ६८ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो २ महिनामा (असोज र कात्तिक) महिनामा गरेको चाडपर्व लक्षित बजार अनुगमनबाट ६८ लाख २० हजार रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ । विभागका अनुसार, असोज महिनामा...
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्पको धक्का महसुस
काठमाडौं । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङ जिल्लाको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र...
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल हुने जनाइएको छ । साथै...
उत्तरप्रदेशमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौं । भारतको उत्तरप्रदेशमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दिल्लीबाट आजमगढ जाँदै गरेको डबलडेकर निजी बस अलिगढमा ट्रकको पछाडिको भागमा ठोक्किएर दुर्घटना भएको भएको थियो । मृत्यु हुनेमा...
स्थानीय तह उपनिर्वाचनः ३१ जनाको उम्मेदवारी फिर्ता
काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना...
कस्तो रहला आजको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ...
विधायन व्यवस्थापन समितिको बैठक आह्वान
काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको हो । सिंहदरबारमा बस्ने उक्त बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।
हेटौंडा–१२ उपनिर्वाचनः अन्तिम नामावली सार्वजनिक
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली सार्वजनिक भएको छ । सार्वजनिक भएको नामावली अनुसार, मंसिर २ गते आइतबार वडाध्यक्ष पदका लागि १४ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये उम्मेदवारी दिएका २ जनाले बुधबार मनोनयन फिर्ता लिएका छन् ।...
मकवानपुरमा थपिए १६ जना डेंगु संक्रमितका बिरामी
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा १६ जना डेंगु संक्रमितका बिरामी फेला परेका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा हेटौंडा उपमहानगरपालिमा ८ जना, कैलाश गाउँपालिकामा एक जना, मनहरी गाउँपालिकामा ६ जना र हाल ठेगाना नखुलेका एक जनामा डेंगु संक्रमणका बिरामी थपिएका हुन् । आज थपिएसँगै जिल्लामा डेंगु...










