समाचार

शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल नियुक्त

काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देललाई नियुक्त गरिएको छ । सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा रिक्त सो पदमा सिग्देललाई नियुक्त गरिएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई लाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो । सोमबार मन्त्रालयमा सिग्देलले कार्यभार सम्हालेका छन् ।...

एमालेको सात जिल्लामा अधिवेशन गर्न बाँकी

काठमाडौं । नेपाल एमालेको विभिन्न सात जिल्लामा अधिवेशन गर्न बाँकी छ । एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले सात जिल्लामा अधिवेशन गर्न बाँकी रहेको जानकारी दिए । उनका अनुसार, मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी रहेको हो । बाँकी रहेका जिल्लाको अधिवेशन...

नेपालमा एकल महिलाको संख्या नौ लाख ९७ हजारभन्दा बढी

काठमाडौं । नेपालमा नौ लाख ९७ हजारभन्दा बढी रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क अनुसार, नेपालमा नौ लाख ९७ हजार ६६३ एकल महिला रहेको पाइएको हो । सो कार्यालय सोमबार राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिलाको तथ्याङ्क सार्वजनिक गरेको हो । सार्वजनिक...

एनपिएल अन्तर्गत आज दुई खेलः चितवन राइनोज र जनकपुर बोल्ट्स विजयी

काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल सम्पन्न भएको छ । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा भएको थियो । बिहान ९ः१५ बजे सुरु भएको पहिलो खेलमा काठमाडौं गुर्खाजलाई हराउँदै चिवतन राइनोज विजयी भए । खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५...

अवैध गाँजासहित एक जना पक्राउ

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ टपराटोलबाट अवैध लागूऔषध गाँजा करिब ५८ किलो ३ सय ग्रामसहित सोमबार बिहान एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ बस्ने २१ वर्षीय सनिल राई रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । ईनरूवाबाट...

उपनिर्वाचनः कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता

काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोलको अग्रता रहेको छ । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरलाई पछि पार्दै आग्रता कायमै राखेका हुन् । डंगोलले २ हजार ९३० मत प्राप्त गर्दा मानन्धरले २ हजार ३८४ मत पाएका छन् । यद्यपी मानन्धरभन्दा डंगोल...

नुवाकोट–२ को वडाध्यक्षमा माओवादीका घिमिरे विजयी

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण घिमिरे विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा घिमिरेले प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उम्मेदवार सूर्य तामाङलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दा तामाङले ५८७ मत प्राप्त गरे । त्यस्तै...

हेटौंडा सिमेन्ट पुषको पहिलो साताबाट पुनः उत्पादन गर्ने तयारी

हेटौंडा । हेटौंडा सिमेन्ट पुषको पहिलो साताबाट पुनः उत्पादन गर्ने तयारी गरिएको छ । उद्योग व्यवस्थापनले आगामी पुषको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको जनाएको छ । उद्योग व्यवस्थापनले मंसिर मै सिमेन्ट उत्पादन सुरु गर्ने भनिएपनि उद्योगको विभिन्न उपकरणहरु मर्मतको काम नसकिँदा अझै उत्पादन कार्य सुरु...

कार्यबाहक प्रधानमन्त्रीमा प्रकाशमान सिंह

काठमाडौं । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री केपी ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्तान गरेका छन् । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा दैनिक प्रसाशनिक कार्य गर्न उपप्रधानमन्त्री...

आठ प्रहरी नायव महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका आठ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । दर्ज्यानी चिन्ह प्रदान गर्नेहरुमा क्रमशः ध्रुवराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विक...