समाचार
मतगणनाका लागि सिद्धार्थ माविमा मतपत्र ल्याइँदै
मकवानपुर । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदको निर्वाचनपछि मतगणना कार्य सिद्धार्थ माध्यमिक विद्यालयको सभा हलमा गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुले हेटौँडा उपमहानगरपालिका वडा नं.१२ वडाध्यक्ष पदको निर्वाचन सम्पन्न भएपछि मतगणना गरिने स्थान बिहीबार तोक्दै हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा...
‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१’ गीतकार नीर शाहलाई प्रदान गरिने
मकवानपुर । साहित्य कलाको क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान गर्दै आएको भीम विराग, सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपाल मकवानपुरले यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ गीतकार नीर शाहलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आज (आइतबार) पत्रकार सम्मेलन गर्दै पुरस्कारको घोषणा गरेको हो । एक लाख राशी...
स्थानीय तह उपनिर्वाचनः हेटौंडा–१२ मा मतदान सकियो
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा वडाध्यक्ष पदका लागि भएको मतदान प्रकृया सकिएको छ । भोर्लेस्थित विष्णु आधारभूत विद्यालय मतदान केन्द्र र सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्र गरी २ वटा मतदानस्थलमा बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको...
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–१४ मुरलीबगैँचा घर भई काठमाडौँको काँडाघारी हात्तीडाँडा बस्ने ४५ वर्षीय सञ्जय सिंह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,गएराति जडीबुटीस्थित सडकमा रोकी राखेको बा ४ ख ६१८२ नम्बरको टिपरमा प्र...
लागूऔषधसहित मकवानपुरका दुई जना पक्राउ
मकवानपुर । मकवानपुरबाट प्रहरीले अवैध लागूऔषधसहित आइतबार बिहान दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मनहरी गाउँपालिका–९ ज्यामिरेबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलोग्रामसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने २७ वर्षीय अनिल कुमार थिङ र सोही गाउँपालिका–९ बस्ने ३२ वर्षीय...
हेटौंडा–१२ मा मतदान कार्य जारी, ५३९२ मत खस्यो
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा–१२ मा वडाध्यक्ष पदका लागि हाल मतदान कार्य जारी छ । कडा सुरक्षा व्यवस्थापनका बिच मतदान भइरहेको हो । भोर्लेस्थित विष्णु आधारभूत विद्यालय मतदान केन्द्र र सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्र गरी २ वटा मतदानस्थलमा ९ वटा मतदान केन्द्र तोकिएको छ ।...
चार देशका राजदूतद्वारा शपथ ग्रहण
काठमाडौं । चार देशका लागि नियुक्त भएका राजदूतहरुले शपथ ग्रहण गरेका छन् । उनीहरुले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा उनीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण गर्नेहरुमा क्रमशः संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी,...
आइतबार १० अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) १० अंकले घटेको छ । यसदिन तीव्र उतारचढाव हुँदै बजार घटेपछि परिसूचक २७३८ बिन्दुमा झरेको हो । यस्तै, आज कुल ८ अर्ब ८३ करोड २२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने ५ कम्पनीको...
हेटौंडा–१२ उपनिर्वाचनः विष्णु ज्योति आधारभूत विद्यालय केन्द्रमा २३२५ मत खस्यो
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा वडाध्यक्ष पदका लागि हाल मतदान जारी छ । कडा सुरक्षा व्यवस्थापनका बिच मतदान भइरहेको हो । भोर्लेस्थित विष्णु ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा हालसम्म २ हजार ३ सय २५ मत खसेको छ । जसमा एक हजार ५९...
प्रतिभा आधारभूत विद्यालयको मतदान केन्द्रमा २८ सयभन्दा बढी मत खस्यो
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा वडाध्यक्ष पदका लागि हाल मतदान जारी छ । कडा सुरक्षा व्यवस्थापनका बिच मतदान भइरहेको हो । सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा हालसम्म २ हजार ८ सय ५९ मत खसेको छ । ४ हजार ४ सय २८...








