समाचार
‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सर्वाधिक चर्चा भएको नेपाल प्रिमियर लिग (एनपिए) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । उक्त क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघ (क्याने) को आयोजनामा आजदेखि राजधानीमा हुन लागेको हो । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ । पहिलो संस्करणको उक्त प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर...
हेटौंडामा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयारीसम्बन्धी गोष्ठीको समापन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयारीसम्बन्धी दुई दिने प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको समापन गरिएको छ । प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको आयोजनामा बिहीबारबाट सुरु भएको उक्त प्रदेश स्तरीय गोष्ठी शुक्रबार समापन गरिएको हो । सो क्रममा बोल्दै खानेपानी, उर्जा तथा सिंचाई मन्त्री...
हेटौंडा–१९ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । वडा कार्यालयबाट करिब १ घण्टाको दुरीमा रहेको ज्यामिरेको शेरशेरमा पुगेर वडा नम्वर १९ लाई बालमैत्री वडा घोषणा गरिएको हो । उपमहानगरका अन्य वडाहरु भन्दा ग्रामीण भू–भाग बढी समेटिएका उक्त वडा उपमहानगरकै दशौंं बालमैत्री...
जेसीज कप: उपाधिका लागि थाहा नगरपालिका र आयोजक भिड्ने
मकवानपुर । पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिबार पालुङ जेसीज र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । थाहा नगरको इन्द्रायणी चौरमा शुक्रबार भएको २ खेलबाट प्रतियोगिताको फाइनलका लागि दुई टिमले आफ्नो स्थान बनाएको थियो । प्रतियोगितामा आयोजक पालुङ जेसीज, थाहा नगरपालिका,...
रवि लामिछानेको आजको बयान सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सम्पन्न भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंमा लिएको बयान सकिएको हो । बिहान ९ बजेदेखि सुरु भएको उनको बयान करिब साढे ६ घण्टा लामो समयपछि दिउँसो ३ः३० बजेसकिएको हो । उनलाई सहकारीको...
प्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीपजंग केसीलाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । प्रधान सेनापति सिग्देलले शुक्रबार आयोजित एक समारोहबीच उपरथी केसीलाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । रथी केसी नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम रथी दर्जामा पदोन्नति...
उपराष्ट्रपति र थाइल्याण्डका राजदूतबीच भेटवार्ता
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ्ग सिरिसोर्नबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । सो क्रममा शुभकामना आदानप्रदानका साथै दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध र सहकार्य, पर्यटन, व्यापार क्षेत्रमा लगानीलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।...
उपनिर्वाचन मतगणनाको परिणाम वेबसाइटमा हेर्न पाइने
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मतगणना आयोगको वेबसाइटमा हेर्न पाइने भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएकी हुन् । जारी विज्ञप्ति अनुसार, यही १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५...
सामाजिक सञ्जालमार्फत् भ्रम फैलाउनेलाई गृहले कारबाही गर्ने
काठमाडौं । गृह मन्त्रालयले फेसबुक र टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमार्फत् भ्रम फैलाउनेलाई कारबाही गर्ने भएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै त्यस्ता व्यक्तिलाई कारबाही गर्ने जानकारी गराएको हो । सामाजिक सञ्जाल...
लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । अवैध लागूऔषध गाँजासहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेत, कैलाली र सिन्धुली जिल्लाको विभिन्न स्थानबाट लागूऔषध उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ भावर टोल बस्ने २४ वर्षीय सुरेश दमाई समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर ६ सय ४० मिलिग्रामसहित बिहीबार दिउँसो...










