समाचार
गृहका १२ जना उपसचिवको सरुवा
काठमाडौं । गृह मन्त्रालयमा कार्यरत १२ जना उपसचिवको एकैपटक सरुवा गरिएको छ । बिहीबार मन्त्रालयले उपसचिवहरू, कारागार प्रशासकहरू, सहायक प्रमुख जिल्ला अधिकारीहरू लगायतको सरुवा गरेको हो । मन्त्रालयले गीता घिमिरेलाई ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । यस्तै, चुडामणि शर्मा गौमलाई चितवनमा सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको...
उपनिर्वाचनः मौन अवधि लागू
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि गएरातिबाट लागू भएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न गएराति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मौन अवधि लागू भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, सो अवधिमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा...
हेटौंडामा अटोको ठक्करबाट पदैलयात्री गम्भीर घाइते
मकवानपुर । कान्तिलोकपथ सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्थानीय शान्तिटोल बस्ने वर्ष ६८ को जनक राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । प्रवक्ता...
१२ विधामा पुरस्कार प्रदान गर्ने नाष्टको निर्णय
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले विभिन्न १२ विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको ४८ औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । बैठकले नाष्टका...
गाडीको ठक्करबाट युवकको मृत्यु
रूपन्देही । रुपन्देहीमा आज बिहान सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–८ भगतपुरवा बस्ने २५ वर्षीय छोटु सेख भन्ने ग्यासुदिन सेख रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, भगतपुरवास्थित सडकमा लुम्बिनीबाट रामापुर–कलौनीतर्फ जाँदै गरेको लु.२ च ४८६१ नम्बरको पिकअप गाडीले साइकललाई ठक्कर...
दक्षिण कोरियामा शताब्दीकै ठूलो हिमपात
दक्षिण कोरिया । पूर्वी एसियाली मुलुक दक्षिण कोरियामा बाक्लो हिमपात भएको छ । विभिन्न विश्व मिडियाहरुले यसको खबर प्राथामिकताका साथ प्रकाशन गरेका छन् । कतारी विश्व च्यानल अलजजिराका अनुसार बिहीबार परेको हिउँ २० सेन्टिमिटरसम्मको थियो । नोभेम्बर महिनामा यस खालको हिँउ परेको रेकर्ड सन् १९०७ मा मात्रै भएको कोरियाली...
उपनिर्वाचनः मौन अवधिमा के–के गर्न पाइँदैन ?
काठमाडौं । यही मंसिर १६ गते आइतबार हुने स्थानीय तहको उपनिर्वाचनको मौन अवधि आज रातिबाट लागू हुनेछ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न आज राति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मौन अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार, सो अवधिमा...
दुर्घटना न्यूनीकरणका लागि लिडार गनसहित सडकमा ट्राफिक प्रहरी
मकवानपुर । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालय मकवानपुरले लिडार गनसहित यातायातको गतिका परीक्षण गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको ट्राफिक प्रहरीले बिहीबार मनहरी गाउँपालिका–९ स्थित जाइसिङमा लिडार गनसहित यातायातको गतिका परीक्षण गरेको हो । मकवानपुर ट्राफिक प्रहरीका प्रमुख केशव अधिकारीको कमाण्डमा...
बागमती प्रदेश लोक सेवा आयोगको सदस्यमा खड्का
मकवानपुर । लोक सेवा आयोग बागमती प्रदेश सदस्यमा रामबहादुर खड्का नियुक्त भएका छन् । उनलाई बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिहीबार आयोगको सदस्यमा नियुक्त गरेका हुन् । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा सोही ऐनको दफा ४ को...
अवैध लागूऔषधसहित १२ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित १२ जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । प्रहरीले सुर्खेत, मोरङ, काठमाडौं, झापा, महोत्तरी, कैलाली र धादिङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मुलपानीबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ९ सय ९० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो...









