समाचार
शिक्षा, स्वास्थ, पुर्वाधारका लागि मेरो उम्मेदवारीः रविन प्रधान
मकवानपुर । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाअध्यक्ष पदका उम्मेदवार रवी कुमार प्रधान (रविन) ले वडामा शिक्षा, स्वास्थसँगै पुर्वाधार विकासका लागि आफ्नो उम्मेदवारी भएका बताएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका प्रधानले हेटौंडा–१२ मा शिक्षाको विकास...
चिसो बढेसँगै बिरामीको चाप बढ्दो
मकवानपुर । पछिल्लो केही दिनयता चिसो बढेसँगै हेटौंडासहित मकवानपुरको विभिन्न स्थानमा बिरामीको चाप बढ्दो छ । चिसोका कारण रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, जिल्लाको हेटौंडा अस्पताल, सीएमसी चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको...
निर्वाचनको वातावरण बनाउन आग्रह गर्दै युनियनले खोल्यो ताला
मकवानपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको कार्यालयमा प्रेस युनियन मकवानपुरले लगाएको ताला आज खोलिएको छ । सदस्यताको विषयमा विमति जनाउँदै युनियनले गत साउनमा तालाबन्दी गरेको थियो । नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी र बागमती प्रदेश सदस्य गंगा पौडेलको उपस्थितिमा आज दिउँसो ताला खोलिएको हो ।...
शान्ति स्वावलम्वन सहकारीको अध्यक्षमा उप्रेती
मकवानपुर । शान्ति स्वावलम्वन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा माधवप्रसाद उप्रेती चयन भएका छन् । मनहरी गाउँपालिका १ मा रहेको सो सहकारीको १९ औं साधारणसभा तथा सातौं अधिवेशनबाट पूर्व अध्यक्ष उप्रेतीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै, सहकारीको उपाध्यक्षमा नितुमाया थिङ, सचिवमा गोपिराम मोक्तान,...
राष्ट्रिय फोटो पत्रकार समूह नेपालले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरी ध्यानाकर्षण पत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले वालुवाटारमा प्रधामन्त्रीलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि...
अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित
काठमाडौँ । अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरिएको छ । गोरखाको भीमसेन थापा गाउँपालिकाले जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलितबीच विवाह भएका जोडीलाई सम्मान गरेको हो । ‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र...
मकवानपुरको कैलाशमा बृहत साँस्कृतिक तथा कृषि मेला हुँदै
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा ‘बृहत साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी मेला २०८१’ हुने भएको छ । मेला कालिका मेला व्यवस्थापन समितिको आयोजना तथा कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा हुने भएको हो । कला, संस्कृति, कृषि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कैलाश गाउँपालिका वडा नम्वर ३, कालिकाटारमा आयोजना हुने मेला...
प्राधिकरण बोर्डद्वारा उद्योगहरुको बिजुली नकाट्ने निर्णय
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति उद्योगहरूको बिजुली नकाट्ने निर्णयमा पुगेको छ । विद्युत नियमन आयोगले उद्योगहरुको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा बोर्डले यस्तो निर्णय गरेको हो । बोर्डले गरेको उक्त निर्णय प्रति भने दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक...
अवैध गाँजासहित भीमफेदीबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसे चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजासहित बुधबार बिहान एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पक्राउ पर्नेमा गोरखाको साविक असराङ गाविस वडा नम्वर १ हाल भीमसेन थापा गाउँपालिका वडा नम्वर ६ बस्ने २८ वर्षीय अमिर मिया रहेका छन् । उनलाई प्रहरी चौकी भैंसेबाट खटिएको...
फेरि बढ्यो सुनको भाउ, कतिमा कारोबार हुँदैछ ?
काठमाडौं । लगातार दुई दिन सुनमा भारी गिरावट आएको सुनको भाउ आज फेरी बढेको छ । आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, आज सुनको भाउ प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार...









