समाचार

हेटौंडा–१२ का उम्मेदवारहरू चुनावी प्रचार–प्रसारमा व्यस्त

मकवानपुर । आसन्न स्थानीय तह उपनिर्वाचन अन्त्रगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को वडाध्यक्ष पदमा हुने चुनावको लागि उम्मेदवारहरू प्रचार–प्रसारमा व्यस्त छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ठूला राजनीतिक दललगायत स्वतन्त्र उम्मेदवारहरु आफ्नो वडाका मतदातासँग भेटघाट गर्दै मत माग्न व्यस्त भएका हुन् । चुनावी मैदानमा होमिएका...

मन्त्रालयहरूको त्रैमासिक समीक्षा आज हुँदै

काठमाडौं । सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुने भएको छ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई आह्वान गरेका छन् । प्रधानमन्त्रीले दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरुलाई आह्वान गरेका हुन् । प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।...

थामीको उपचारमा हेटौंडा उपमहानगरको साथ

मकवानपुर । आर्थिक अभाबले स्वास्थ्य उपचारबाट बञ्चित बनेका बिपन्न समुदायका व्यक्तीलाई हेटौंडा उपमहानगरपालिकाले साथ दिएको छ । दैनिक जिवनयापनका लागि पनि समस्यामा रहेको  हेटौंडा –१८ थामिटोलका ४५ वर्षीय पशुपती थामीको उपचारमा उपमहानगरले साथ दिएको हो । कही समय अघिबाटै स्वास्थ्य समस्या व्यहोरीरहेका उनको पहिलो चरणको उपचार हेटौंडा अस्पतालमा भइरहे...

दोषी ठहर भएको ३ वर्षपछी पक्राउ परिन् हेटौंडाकी महिला

मकवानपुर । जिल्ला अदालत मकवानपुरद्वारा दोषी ठहर भई फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–३ की ३४ वर्षीया सानु घिसिङ रहेकी छन् । बहुविवाह मुद्दामा ३ वर्षअघि दोषी ठहर भएकी उनलाई मंगलबार घरबाटै पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार, अहिले तराई भूभागका केही स्थानहरूमा तथा पहाडी भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । यस्तै, आज दिउँसो...

पालुङ जेसीज सप्ताहको तेस्रो दिनः न्यानो कपडा वितरण

मकवानपुर । पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको तेस्रो दिन न्यानो कपडा वितरण गरिएको छ । थाहा नगरपालिकाका ५ जनालाई न्यानो कपडा वितरण गरिएको पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपालीले बाताए । पालुङ जेसीज वर्ष २०२४ का निवर्तमान अध्यक्ष संगम कार्कीले आफ्ना हजुरबुबा हजुरआमा कृष्णबहादुर...

हाजिरी जवाफ प्रतियोगितामा बागेश्वरी मावि प्रथम

मकवानपुर । लियो क्लब अफ पिस थाहा नगरद्वारा आयोजित थाहा नगर स्तरीय प्रथम अन्तर माध्यमिक बिद्यालय रनिङ शिल्ड हाजिरी जवाफ प्रतियोगितामा बागेश्वरी माबि थाहा ११ प्रथम भएको छ । मंगलबार जनकल्याण माबि थाहा–३ को सभाहलमा संचालन भएको प्रतियोगितामा बागेश्वरी माबि प्रथम भएको हो । यस्तै, सरस्वती विद्या मन्दिर थाहा...

हेटौंडा जेसीजको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता

मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता भएको छ । सोमबार भएको प्रतियोगितामा हेटौँडा क्याम्पस प्रथम भएको छ । हेटौंडा जेसीजका पूर्व अध्यक्ष देवेन्द्रध्वज कार्कीकी आमा अम्बिकादेवी कार्कीको स्मृतिमा भएको हाजिरीजवाफ प्रतियोगितामा हेटौंडा क्याम्पस प्रथम भएको जेसीजका कार्यकारी उपाध्यक्ष विवेक आनन्द न्यौपानेले जानकारी दिए । कार्यक्रममा हेटौंडाकै जिएस निकेतन...

संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन

काठमाडौं । सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो बढेपछि विद्युतीय हाजिरी अनिवार्यको व्यवस्थान गर्न भनिएको सो मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्याको अन्त्य...

सामाजिक सुरक्षा कोषमा १७ लाख ९४ हजार श्रमिक आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आन्तरिक र वैदेशिक रोजगारीमा रहेका १७ लाखभन्दा बढी श्रमिक आबद्ध भएका छन् । औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आबद्ध गराउने उक्त कोषमा हालसम्म १७ लाख ९४ हजार श्रमिक आबद्ध रहेको कोषका कार्यकारी अधिकृत कविराज अधिकारीले जानकारी दिए । उनका अनुसार, आन्तरिक श्रम...