समाचार

हेटौंडामा तीनपांग्रे सवारीलाई व्यवस्थित गर्न छुट्टै सेवा केन्द्र स्थापना

मकवानपुर । अस्तव्यस्त रुपमा सञ्चालनमा रहेका तिनपाँग्रे सवारी व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिकाले छुटै सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । हेटौंडा–११, थानाभर्याङमा रहेको तौलपुलबाट सोमबारदेखी उपमहानगरपालिकाले तिनपाँग्रे सवारी व्यवस्थापनको काम सुरु गरेको हो । उपमहनगरले सञ्चालनमा ल्याएको सेवा केन्द्रको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले रिबन काटेर उद्घाटन गरेकी थिइन्...

बागमती प्रदेश मन्त्रिपरिषद्ः २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले २ सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरको छ । प्रदेश सरकारको सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले संस्कृति तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा सचिवको जिम्मेवारी तोकेको हो । बैठकले सामाजिक विकास मन्त्रालयमा कार्यरत बद्रीनाथ गैरेलाई युवा तथा खेलकुद मन्त्रालयको थप जिम्मेवारी...

बागमती प्रदेश खेलकुद परिषदमा ४ सदस्य नियुक्त

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा ४ जनालाई नियुक्त गरेको छ । सोमबार प्रदेशको राजधानी हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सरकारको मन्त्रिपरिषद् बैठकले २ महिलासहित ४ जनालाई परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी...

प्रधानमन्त्रीले मन्त्रालयका सचिवहरुसँग गर्ने भनिएको छलफल स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रालयका सचिवहरुसँग गर्ने भनिएको छलफल स्थगित भएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरुसँग गर्ने भनिएको त्रैमासिक समीक्षा छलफल स्थगित भएको हो । प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण उक्त छलफल स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अवैध लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, बाँके, उदयपुर, सिराहा र तनहुँ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–४ खैराना सामुदायिक वनस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय २० मिलिग्रामसहित आइतबार एक जनालाई...

चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या

रुकुम पश्चिम । रुकुम पश्चिममा धारिलो हतियार चक्कु प्रहार गरेर आफ्नै छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले बाबु ५० वर्षीय दर्वे खत्रीको चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गएराति ८ बजेको समयमा बाबु–छोराको सामान्य विवाद हुँदा...

उपनिर्वाचनको लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई लक्षित गरी संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरेको छ । यही मंसिर १६ गते सम्पन्न हुन गइरहेको स्थानीय तह उपनिर्वाचन–२०८१ का लागि आयोगले गरेका निर्णयहरुको कार्यान्वयनको अवस्था, उपनिर्वाचन आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री...

नेपाल प्रहरीमा कार्यरत २८ कर्मचारी सम्पर्कविहीन

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत २८ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । सोमबार प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना जारी गर्दै २८ प्रहरी कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएको हो । प्रहरी प्रधान कार्यालयले विभिन्न दर्जामा रहेका ती प्रहरीहरुलार्ई एक साताभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ । खोजतलास गराउँदा...

मकवानपुरका दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित आइतबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–९ भलादमी चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा १० किलो २ सय ५० ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका–८ बस्ने २८ वर्षीय राम कुमार परियार र सोही गाउँपालिका–९ बस्ने...