प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाने तयारी रहेको छ । यही तयारीस्वरुप उनले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले चीन भ्रमण जाने तयारीका लागि आजै पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, मन्त्रीहरु लगायतसँग छलफल समेत गरेका छन् ।