समाचार

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठक प्रदेशको राजधानी हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को भवनमा बस्ने गरी बोलाइएको हो । सो बैठकमा के विषयमा छलफल हुने बारे भने नखुलेको जनाइएको छ ।

एकैदिन तोलामा १५ हजार नौ सयले घट्यो सुनको भाउ

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । यसदिन सुन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, नेपालमा एकैदिन तोलामा यति धेरै रुपैयाँले सुनको भाउ घटेको सम्भवतः पहिलो पटक नै होला । भाउ घटेसँगै आज सुन...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दाङ । दाङको लमहीमा आज बिहान मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बिहान ४ बजेको समयमा लमही बजारबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ७ प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडास्थित प्रहरीको ब्यारिकेडमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–३ घर भई...

हेटौंडाबाट विदेशी मुद्रासहित तीन भारतीय नागरिक पक्राउ

मकवानपुर । त्रिभुवन राजपथ अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोलबाट प्रहरीले आइतबार अवैध विदेशी मुद्रासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा देश भारत उत्तर प्रदेश जिल्ला जालौन बस्ने ४० वर्षीय बिजय सिंग कुशवाह, उत्तर प्रदेश जिल्ला गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक र...

चुनावको प्रचार–प्रसारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आग्रह

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनको प्रचार–प्रसारमा का क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ । आयोगको आइतबारको बैठकले चुनाव प्रचारमा बढी सवारी साधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो । आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले...

ट्रक दुर्घटनामा परेर मकवानपुरका दुइसहित ३ जनाको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनास्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा सडक किनारमा पल्टिएर दुर्घटना हुँदा मकवानपुरका दुईसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा मकवानपुरको...

देश भित्रै रोजगारी सिर्जना गर्नुपर्छः मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले युवा शक्तिको पलायनलाई रोक्न देश भित्रै रोजगारीको सिर्जना गर्नुपर्ने बताएका छन् । आइतबार प्रदेशको राजधानी हेटौंडामा आयोजित १० औं उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामा यस्तो बताएका हुन् । मुख्यमन्त्री लामाले देशमा उद्योग धन्दालाई संरक्षण गरेमा...

रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १५ दिन म्याद थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यससँगै लामिछानेलाई पाँचौ पटक म्याद थप गरिएको छ । यसअघि  पटक–पटक क्रमशः ६,...

मतदान गर्नका लागि निर्वाचन आयोगले दियो यी विकल्प

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनमा मतदान गर्न निर्वाचन आयोगले विभिन्न विकल्प दिएको छ । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताहरूलाई मतदान गर्न आयोगले अन्य विकल्प पनि दिएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेलले एक सूचना जारी गर्दै सो बारे जानकारी...

हेटौंडामा टी–१० क्रिकेट प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा टी–१० क्रिकेट प्रतियोगिता हुँदैछ । मुस्लिम इत्तेहाद संगठन जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा  उक्त प्रतियोगिता हुन लागेको हो । आइतबार पत्रकार सम्मेलनमार्फत्  प्रतियोगिताको सह–संयोजक प्रमोद मानन्धरले सो बारे जानकारी गराएका हुन् । मकवानपुर जिल्ला क्रिकेट संघको सहयोगमा हुने सो प्रतितोगिता यही मंसिर १२ गतेदेखि १५ गतेसम्म...