समाचार
‘थाहा नगर प्रदेश सरकारको विशेष प्राथमिकतामा छ’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले थाहा नगर प्रदेश सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन् । मुख्यमन्त्री लामाले मंगलबार गोरख सम्वत् २८१८ को उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले थाहा नगरपालिकाको कृषि र पर्यटन क्षेत्रमा जोड दिनुपर्ने बताए । थाहा नगरपालिकालाई धार्मिक तथा...
हेटौंडा–१९ लाई बालमैत्री वडा घोषणा गरिँदै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले मंगलबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही यही मंसिर १४ गते शुक्रबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको...
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा मिथिला नगरपालिका–९ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङ सिद्धलेक गाउँपालिका–७ आदमटार घर भई काठमाडौं महानगरपालिका–१६ नयाँबजार...
३३ अंकले बढ्यो नेप्से, ७ करोड ४४ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेर २ हजार ७१६ दशमलव ६६ बिन्दुमा उक्लिएको छ । यसदिन २११ कम्पनीको मूल्य बढेको छ । तीमध्ये ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, आज १ करोड ४२ दाख...
मंगलबार पनि घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ घटेको छ । यसदिन सुन प्रतितोला २ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ घटेसँगै आज सुन प्रतितोला एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार एकैदिन सुन तोलामा...
हेटौंडाबाट ७१ किलो ७०० ग्राम गाँजासहित दुई जना पक्राउ
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, तिनताप्केबाट प्रहरीले सोमबार दिउँसो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ७१ किलो ७०० ग्रामसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रव्रक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए...
चीन जाँदै परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यही मंसि १३ गते बिहीबार चीन जाने भएकी छन् । उनी जनवादी गणतन्त्र चीनको भ्रमणमा जान लागेकी हुन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उनको भ्रमणलाई स्वीकृत प्रदान गरेका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । प्रवक्ता...
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । बैठकले व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । २०८० पुस २० मा तत्कालीन अध्यक्ष...
सार्वजनिक लेखा समितिद्वारा साधारण खर्च कटौती गर्न निर्देशन
मकवानपुर । बागमती प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले साधारण खर्च कटौती गर्न बागमती प्रदेश सरकारलाई निर्देशन दिएको छ । लेखा समितिको सोमबार बसेको बैठकले सरकारलाई मितव्ययी बन्न र साधारण खर्च घटाउने गरी कार्यसम्पादन गर्न निर्देशन दिने निर्णय गरेको समिति सभापति श्रीराम रामिछानेले बताए । साधारण खर्च कटौती गर्न...
भिरबाट लडेर मकवानपुरका एक किशोरको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा आइतबार भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलास–२, छाङदुङ निवासी १७ वर्षीय पवन उर्फ पावल प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । प्रवक्ता अर्यालका अनुसार, मनहरीबाट आफ्नो घर जाने क्रममा एक्कासी...










