समाचार
मतदाता भेटघाट कार्यक्रममा व्यस्त तिवारी
मकवानपुर । यही मंसिर १६ गते हुने उपनिर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका अर्जुनप्रसाद तिवारी यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन् । उनी आफ्नो वडाका मतदाता भेटघाट कार्यक्रममा व्यस्त भएका हुन् । ५९ बुँदामा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सोही दिनबाट...
आजदेखि धरहरा व्यावसायिक रूपमा खुला हुने
काठमाडौं । आजदेखि धरहरा चव्यावसायिक रुपमा खुला हुने भएको छ । यसर्थ धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ । सहरी विकास मन्त्रालयका अनुसार, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुनेछ...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी...
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता हुँदै
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता हुँदैछ । आवेदन दिएर ‘सर्टलिस्ट’ मा परेका तीन जनासँग पुनः अन्तर्वार्ता लिन लागिएको अध्यक्ष सिफारिस समितिले जनाएको छ । उक्त समितिले गत असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरेको हो ।
रास्वपाका सभापति लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएसँगै उनलाई आज पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागिएको हो । काठमाडौं र चितवनबाट पनि उनीविरुद्ध पक्राउ...
‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक सार्वजनिक
मकवानपुर । टोल विकास संस्थाहरुका लागि उपयोगी ‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक बागमती प्रदेशको राजधानी हेटौंडामा विमोचन गरिएको छ । पुस्तक बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले विमोचन गरेकी हुन् । लक्ष्मण बजगाईद्वारा लेखिएको र नारायणप्रसाद बजगाईले प्रकाशन गरेको उक्त पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै...
‘धान जोन’ मै उत्पादन घट्यो
कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्पादनमा कमी आएको हो । गत वर्ष ‘धान जोन’ मा चार हजार २१६ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष तीन हजार ६८८ मेट्रिकटन मात्रै धान उत्पादन भएको जिल्लास्थित प्रधानमन्त्री कृषि...
राज्यले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्छः मन्त्री महर्जन
हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् । हेटौंडा–३ मा आयोजित प्रथम मकवानपुर जिल्ला स्तरीय कराते प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री महर्जनले व्यक्तिको स्वास्थ्य तथा सामाजिक र आर्थिक विकासमा खेलकुद क्षेत्रको महत्व रहेको भन्दै राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।...
पालुङ जेसीजको सप्ताह सुरु
मकवानपुर । पालुङ जेसीज वर्ष २०२४ को जेसीज सप्ताह सुरु भएको छ । शुक्रबार थाहा नगरपालिका वडा नं. २ को ऐतिहासिक पालुङगढीमा एक कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह सुरु गरिएको हो । कार्यक्रम पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख...
हेटौंडा–१२ उपनिर्वाचनः तिवारीको चुनावी अभियान जारी
मकवानपुर । आसनन स्थानीय तह उपनिर्वाचनमा हेटौंडा–१२ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन प्रसाद तिवारीको चुनावी अभियान जारी छ । यही मंसिर १६ गते हुने वडाध्यक्ष पदको निर्वाचनमा आफ्ना चुनावी एजेण्डा र वडाको समग्र विकासका योजनासहित तिवारी मतदाताहरुको घरदैलोमा पुगेर मत दिन आग्रह गर्दैछन् । नागरिकको...









