समाचार
राप्रपाद्वारा हेटौंडा–१२ को वडाध्यक्षमा उम्मेदवार घोषणा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेको छ । आगामी मंसिर १६ गते हेटौंडा–१२ मा हुने उपनिर्वाचनको लागि राप्रपा मकवानपुरले प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । आइतबार बसेको राप्रपा नगर र जिल्ला कार्यसमितिको बैठकले...
आज फाल्गुनन्द जयन्ती मनाइँदै
काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदैछ । फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाउने भएको हो । फाल्गुनन्द विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका थिए । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको...
आज अर्थ समितिको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठक सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, आजको बैठकमा समितिको आन्तरिक छलफल तथा विविध विषयमा छलफल हुनेछ ।
बागमती प्रदेशः सय दिनमा गरेका कामको प्रतिवेदन सार्वजनिक गर्न आग्रह
हेटौंडा । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको बागमती प्रदेश सरकारले सय दिन पूरा गरेको छ । सरकारले सय दिन पूरा गरेपछि सरकारले सम्पादन गरेका कार्य र प्रमुख उपलब्धि सार्वजनिक गर्ने आमप्रचलन रहेको छ । बागमती प्रदेशमा कांग्रेस नेतृत्वमा बनेको सरकारले कात्तिक १५ गते नै एक सय दिन...
माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलन हुने प्रचण्डको दाबी
मकवानपुर । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलन हुने दाबी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । उनले माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताए ।...
ग्रिन्डलेज सहकारीको वार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडा–१० टिसिएन रोडमा ग्रिन्डलेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभा हेटौंडाको दर्शन पार्टी प्यालेसमा शनिबार सम्पन्न भएको हो । साधारणसभा सहकारीका अध्यक्ष महेन्द्र इटेनीको सभाध्यक्षता एवम् हेटौंडा–१० नम्बर वडाका वडाध्यक्ष फुर्वा दोर्जे तामाङको प्रमुख...
‘दुर्घटना न्यूनीकरण गर्नको लागि प्रशिक्षण आवश्यक छ’
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर जिल्ला उपाध्यक्ष सागर थापाले वर्तमान अवस्थामा दुर्घटना न्यूनीकरण गर्नको लागि प्रशिक्षण आवश्यक भएको बताएका छन् । शनिबार राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघद्वारा आयोजित दुर्घटना जगेडा कोष स्थापना एवम् दुर्घटना न्यूनीकरण प्रशिक्षण मजदुर भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष थापाले...
हेटौंडामा घुम्ती शौचालय संचालन
मकवानपुर । हेटौंडा उपमहानगर पालिकाले भिडभाड तथा आपतकालीन अवस्थालाई लक्षित गरी घुम्ती शौचालय संचालनमा ल्याएको छ । पानी ट्याङ्की तथा हात धुने बेशनसहितको महिला/पुरुष दुबैलाई छुट्टाछुट्टै शौचलय संचालनमा ल्याइएको हो । उपमहानगरपालिकाले फरेष्टी क्याम्पस र पुर्व रानी दरबार आगाडि खाली ठाउँमा शैचालय संचालनमा ल्याएको हो । शौचालय यस्तै अन्य...
आज विश्व स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौं । आज विश्व स्वतन्त्रता दिवस मनाइँदैछ । हरेक वर्ष नोभेम्बर ९ तारिखमा मनाइने यो दिवस आज परेको हो । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने गरिन्छ । यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ । उक्त दिवस...
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा एमाले सचिवालयको बैठक आज बस्दैछ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको हो । बैठक...









