समाचार

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक शनिबार बिहान साढे ११ बजे बस्ने गरी बोलाइएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बोलाएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार, सो बैठकमा आगामी मंसिर...

प्रचण्ड आज मकवानपुरको थाहा नगर आउँदै, सबै तयारी पूरा

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज मकवानपुरको थाहा नगर आउने भएका छन् । वाईसिएल नेपाल थाहा नगर कमिटीको दोस्रो सम्मेलनमा सहभागी हुन उनी थाहा नगर आउन लागेका हुन् । थाहा नगरको इन्द्रायणीचौरमा हुने सम्मेलनको सबैै तयारी पूरा भएको माओवादी केन्द्रका बागमती...

मामाघर नेपालमा मनाए सक्षमले जन्मदिन

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का सक्षम गोतामेले आफ्नो १३ औं जन्मदिन मामाघर नेपालमा मनाएका छन् । उनले शुक्रबार मामाघरमा आश्रित बालकहरुका लागि खाद्यान्न सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका हुन् । उक्त अवसरमा सक्षमले मामाघरलाई चामल, दाल, नुन, तेल, चिउरा, बिस्कुट लगायतका खाद्यन्न हस्तान्तरण गरेका थिए ।...

‘गोलघर खेल मैदानलाई मिनी रंगशालाको रुपमा विकास गर्छौँ’

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले मनहरी गाउँपालिकाको–४ नम्बर वडामा रहेको गोलघर खेल मैदानलाई मिनी रंगशालाको रुपमा विकास गरिने बताएका छन् । चैनपुर जेसीज मनहरीको आयोजनामा आजबाट सोही चौरमा सुरु भएको दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उक्त खेल...

ट्रक दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर ६ मा ट्रक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ २ सिंगापुरदेखि गोलिया लिएर झापा हिँडेको ना ४ ख ७१२३ नम्बरको ट्रक अनियन्त्रित भएर सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु...

राप्रपा नेपालको तराई मधेस सम्मेलन हुँदै

काठमाडौं । राप्रपा नेपालको तराई मधेस सम्मेलन हुँदैछ । सम्मेलन यही कार्तिक २६ र २७ गते पर्साको वीरगन्जमा हुने भएको हो । सम्मेलन दुई दिनसम्म संचालन हुनेछ । सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजीव...

२०५६ सालदेखि कक्षा ११ र १२ मा अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिने व्यवस्था मिलाएको छ । बोर्डले सो समयको अवधिमा अनुत्र्तीण भएका विद्यार्थीहरुका लागि अन्तिम एक पटक मौका दिने भन्दै यस्तो व्यवस्था गरेको हो । त्यसका लागि बोर्डले...

सर्वोच्चका प्रस्तावित दुई न्यायाधीश अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरिएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले प्रस्तावित दुई न्यायाधीशलाई अनुमोदन गरेको हो । प्रस्तावित न्यायाधीशहरुमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे रहेका छन् । बैठकले उनीहरुमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति जेष्ठ सदस्य पशुपति...

मकवानपुरमा डेंगु सक्रमितको संख्या १८०८ पुग्यो

मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या एक हजार ८ सयभन्दा बढी पुगेको छ । जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या एक हजार ८०८पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ८७० जना महिला र ९३८ जना पुरुष रहेका छन्...

फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुर्खेत । सुर्खेत–दैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दैलेखबाट सुर्खेतको लागि छुटेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको गाडी वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्लामा भिरबाट तल खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका...