समाचार

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम महाशाखाले आज देशको विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

मकवानपुर । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने उक्त पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने यस पर्वका अवसरमा...

चितवनमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मुग्लिङबाट नारायणगढको लागि छुटेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङको लागि छुटेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।...

राष्ट्रपतिले दिए अस्ताउँदो सूर्यलाई अर्घ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । राष्ट्रपति पौडेल गुहेश्वरी र कमलपोखरी पुगेर सूर्यलाई अर्घ दिएका हुन् । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको हो । भोलि शुक्रबार भने अस्ताउँदो सूर्यलाई अघए दिइने छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने...

मकवानपुरमा करेन्ट लागेर एक नेपाली सेनाको मृत्यु, दुई घाइते

मकवानपुर । मकवानपुरमा आज बिहान करेन्ट लागेर एक नेपाली सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डँडेलधुराको गन्याधुरा गाउँपालिका वडा नम्वर १ घर भएका लेसनायक अन्दाजी २९ वर्षीय पदम बहादुर दियाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार,...

भ्रमण बस दुर्घटना हुँदा दुई जना घाइते

कास्की । पोखरामा आज दिउँसो भ्रमण बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २२, पुम्दीकोटमा बिहीबार दिउँसो रा १ ख २१०६ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, नव युग डान्स क्लब दाङबाट पोखरा...

अवैध लागूऔषधसहित आठ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट आठ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले रुपन्देही, सुनसरी, बर्दिया, कैलाली र झापाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले रूपन्देहीको देवदह नगरपालिका–९ घोडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम र नगद २६ हजार १ सय रूपैयाँसहित ३ जनालाई बुधबार...

हातहतियारसहित एक जना पक्राउ

दाङ । दाङबाट प्रहरीले हातहतियारसहित बिहीबार बिहान एक जनालाई पक्राउ गरेको छ । जिल्लाको लमही नगरपालिका–३ बनगाउँस्थित हरियाली टोल बस्ने ४० वर्षीय गणेश कुमाललाई विभिन्न हातहतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई विशेष सूचनाको आधारमा पुगेको वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो ।...

४ हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । भाउ घटेसँगै आज सुन प्रतितोला १ लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला १ लाख ६८...

नेपाल एयरलाइन्सद्वारा अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन

काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ । भोलि कात्तिक २३ गतेदेखि लागू हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो । भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि बन्द...