समाचार
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै
काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन अवस्था र विविध सम्बन्धमा छलफल हुने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३९ वर्षीय मनिल कुमार लामा रहेका छन् । उनलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–५ बाट...
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न दुई प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी र गण्डकी गरी दुई प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले...
उपनिर्वाचनः आज उम्मेदवारको नामावली सार्वजनिक गरिँदै
काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली सार्वजनिक गरिँदैछ । आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । भोलि बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ । यस्तै, भोलि नै दिन दिउँसो १ देखि ३...
त्रिशूलीमा ट्रक खस्यो
मकवानपुर । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्वर १० खयरघारीबाट आज बिहान एक ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट काठमाडौंको लागि छुटेको लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनास्थलबाट तीन जनाको उद्दार गरिएको छ...
माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । सोमबार स्थगित भएको उक्त बैठक आज बस्ने भएको हो । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी बोलाइएको सचिव दीनानाथ शर्माले जानकारी दिए । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण सोमबार बोलाइएको बैठक...
हेटौंडा–१२ का उम्मेदवारविरुद्ध परेन उजुरी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाध्यक्ष पदको उम्मेदवार विरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मंसिर २ मा भएको उम्मेदवारको मनोनयन दर्ताविरुद्ध उजुरीका लागि सोमबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म समय तोकिएको थियो । वडाध्यक्ष पदमा दलगत ९ र स्वतन्त्र ५ जनाले उम्मेदवारी...
चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
कबाठमाडौं । चितवनमा आज बिहान ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटले फिस्लिङमा ठक्कर दिँदा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गोरखाको गण्डकी गाउँपालिका–६ की ४५ वर्षीया सीता प्रजा रहेकी छन् । ग्यास बुलेटको ठक्करबाट उनको घटनास्थलमै...
पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिए । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन पनि बजाएको थियो । उनी कलेजो सम्बन्धी समस्याको उपचारका लागि पुरानो...
हेटौंडा–१२ उपनिर्वाचनः नयाँ मतदाता संख्या १५ सयभन्दा बढी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा रिक्त वडाध्यक्ष पदमा हुने उपनिर्वाचनमा १५ सयभन्दा बढी नयाँ मतदाताले सहभागीता जनाउने भएका छन् । यही मंसिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनमा एक हजार ५ सय ८८ जना नयाँ मतदाताले सहभागीता जनाउने भएका हुन् । तीमध्ये एक जना अल्पसंख्यक...








