समाचार
३० करोडको आइपीओ निष्कासन गर्दै प्रभु केबुलकार
काठमाडौं । प्रभु केबुलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणलाई आइपीओ जारी गर्दैछ । कम्पनीले केबुलकारको ३० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो । त्यसको लागि कम्पनीले बिक्री प्रवन्धकका रुपमा कम्पनीले कुमारी क्यापिटललाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा केबुलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलको...
गाँजासहित दुई जना पक्राउ
रुपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ चाँदनी चोकबाट अवैध लागूऔषध गाँजासहित आइतबार दुुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका–१ रानीगाउँ घर भएका ३० वर्षीय कमल रसाईली र मकवानपुर थाहा नगरपालिका–७ बस्ने २३ वर्षीय दिनेश कार्की रहेका छन् । उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो...
करेन्ट लागेर युवकको मृत्यु
कालिकोट । कालिकोटमा आज बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुभकालिका गाउँकांपालिका–४ स्थित रारा गाउँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २६ वर्षीया वीरेन्द्र चौलागाईँ रहेको जिल्ला प्रहरी कार्यालयले कालिकोटले जनाएको छ । प्रहरीका अनुसार, उनी विद्युतसम्बन्धी सामान्य काम गर्दै...
दुई दिन केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा मंसिर ३ र ४ गते गरी दुई दिन पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । यस्तै, बैठकले मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने र १३...
आज सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले आज देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको जानकारी अनुसार, बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय...
कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलायो
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । आज बिहान साढे १० बजे बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार, पूर्वसभामुख दमननाथ ढुंगानाप्रति शोक प्रस्ताव पारित गर्ने र श्रद्धाञ्जली अर्पण...
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
काठमाडौं । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित गरिएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको पदाधिकारी बैठक स्थगित भएको हो । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको उपाध्यक्ष एवम् पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए...
पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि आज
काठमाडौं । पूर्वसभामुख स्व. दमननाथ ढुङ्गानाको अन्त्येष्टि आज गरिने भएको छ । उनको काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो । सरकारले उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी गरेको छ । त्यसका लागि सोमबार बिहान नै मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ । वि.सं २०४८ सालमा...
प्रहरी नायव महानिरीक्षकमा तीन जना बढुवा सिफारिस
काठमाडौं । प्रहरी नायव महानिरीक्षक पदमा तीन जना बढुवा सिफारिस भएका छन् । बढुवा समितिको आइतबार बसेको बैठकको निर्णयअनुसार प्राविधिकतर्फ प्रहरी नायव महानिरीक्षक पदमा तीन जना बढुवा सिफारिस भएको गृह मन्त्रालयले जनाएको छ । जसनुसार, वरिष्ठ उपरीक्षकहरु डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव, डा. सञ्जिता दाहाल (घिमिरे) को...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी...










