समाचार

रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १० दिनको म्याद थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १० दिन म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई थप १० दिन हिराशतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यससँगै लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि दुई पटक क्रमशः ६...

भरूवा बन्दुकसहित तीन जना पक्राउ

बाजुरा । बाजुराको गौमुल गाउँपालिका–६ सटेडाबाट भरूवा बन्दुकसहित मंगलबार बिहान तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६३ वर्षीय गोरे लुहार, बडिमालिका नगरपालिका–१ सलेना बस्ने ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की रहेका छन् । उनीहरु भरुवा बन्दुक १० थान र बन्दुकको नाल...

स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदै

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले ४४ पदमा उपनिर्वाचन हुन लागेको जनाएको छ । आयोगका अनुसार, यसअघि स्थानीय तहका ३९ पदमा उपनिर्वाचन हुने भनिएपनि थप ५ पद रिक्त हुन पुगेपछि ४४ पुगेको हो । जसनुसार, कोशी प्रदेशमा ९, मधेस प्रदेशमा...

प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको निम्तो आएको छ । प्रधानमन्त्री ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार, चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका हुन् । प्रधानमन्त्री ओलीको...

स्कुटर दुर्घटना हुँदा चालको मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गएराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मालकबारीस्थित सडकमा बा. प्र ०२–०१४ प २७२६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङ रहेको प्रहरीले...

रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका ७ जना पक्राउ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ । सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरु...

सेयर बजारमा गिरावट, कारोबार घट्यो

काठमाडौं । तिहारपछि खुलेको सेयर बजार झिनो अंकले गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४ मा कायम भएको हो । यस्तै, आज कारोबार रकम पनि घटेको छ । गत बुधबार ५ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको मात्रै कारोबार भएको...

कार्यक्रम संचालन गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह गरिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयबिना कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हो । विभिन्न अनधिकृत व्यक्ति, संस्थामार्फत् राक्सिराङ गाउँपालिकाभित्रका विभिन्न स्थान, विपन्न जातजाति, भाषाभाषी, धार्मिक...

अपडेटः कारसहित पोखरीमा बेपत्ता दुई जनाको शव भेटियो

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा कारसहित बेपत्ता भएका दुईको शव भेटिएको छ । जिल्लाको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा दुई जना बेपत्ता भएका थिए । पोखरीमा डुबेर बेपत्ता भएका गौशाला नगरपालिका–१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो र सोनवा...

बागमती प्रदेश सरकारका बहुवर्षीय योजना अलपत्र

हेटौंडा । बागमती प्रदेश सरकार गठन भएपछि पहिलो कार्यकालबाट सुरु भएका बहुवर्षीय आयोजना अलपत्र र अधुरा रहेका छन् । सडक, भवन, कृषिलगायत क्षेत्रका बहुवर्षीय आयोजना प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएर दोस्रो वर्ष सकिन लाग्दासमेत अलपत्र अवस्थामा छन् । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्रदेश सरकारको...