समाचार
स्थानीय तह उपनिर्वाचनको लागि उम्मेदवारको मनोनयन आज
काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुने भएको छ । यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयपत्र दर्ता गरिने भएको हो । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेल अर्यालका अनुसार, उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना...
कीर्तिपुर नगरपालिकाको मेयरमा डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
हेटौंडा । नेपाली कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिकाको नगर प्रमुख पदमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय समितीले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि रिक्त रहेको उक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।...
जेसीज दौडको उपाधी न्यौपानेलाई
मकवानपुर । चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह अन्तर्गत शनिबार भएको जेसीज दौड प्रतियोगिताको उपाधी दिपेन्द्र न्यौपानेले जितेका छन् । अन्य १८ सहभागीलाई उछिन्दै न्यौपानेले उपाधी हाँसिल गरेका हुन् । दौडमा अनिष प्रजा दोस्रो, विजय स्याङ्बो तेस्रो र अजित मोक्तान सान्त्वना भए । दौडको विजेताहरुलाई यही मंसिर ३ गते हुने...
मकवानपुरका झण्डै ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मकवानपुर । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा मकवानपुर झण्डै ४५ हजार जना आबद्ध भएका छन् । सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता हालसम्म जिल्लाको विभिन्न स्थानीय तहमा गरी ४४ हजार नौ सय ६१ जना स्वास्थ्य बिमामा आबद्ध भएका हुन् । सरकारले गत २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा...
आठविसकोटमा बस दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते
सुर्खेत । रुकुम पश्चिममा शनिबार यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुमपश्चिम आठविसकोट नगरपालिका राडीतर्फ आउँदै प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस आठविसकोटको रिठा नजिकै दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् । बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना भएको...
एकीकृत समाजवादीले १३ पदमा उम्मेदवार टुङ्ग्यायो
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न उपनिर्वाचनको लागि १३ पदमा उम्मेदवार ढुंगो लगाएको छ । एकीकृत समाजवादीले आगामी मंसिर १६ मा हुने उपनिर्वाचनका लागि शनिबार दिउँसोसम्म विभिन्न १३ पदमा उम्मेदवार टुङ्गो लगाएको हो । पार्टीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र १० वडाध्यक्ष पदमा...
ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण
काठमाडौं । डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ ।बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गरेका...
हेटौंडा रन २०८१ हुँदै
मकवानपुर । हेटौंडामा मंसिर ४ गते उपमहानगर स्तरीय ‘हेटौंडा रन २०८१’ हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत् उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगितामा नगर भित्रका १६ वर्ष पूरा भएका इच्छुकले सहभागिता जनाउन सकिने खेलकुद बिकास समितिका अध्यक्ष रबिद्र घिमिरेले जानकारी दिए ।...
जलवायु परिवर्तनका कारण बागमती प्रदेशमा परेको असरबारे अन्तरक्रिया
मकवानपुर । जलवायु परिवर्तनका कारण बागमती प्रदेशका विभिन्न क्षेत्रमा परेका असरका विषयमा शुक्रबार हेटौंडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रम जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा भएको हो । सो क्रममा सहभागीहरुले जलवायु परिवर्तनबाट हुने असर...
मोटरसाइकल दुर्घटनामा परेर युवकको मृत्यु
नवलपरासी । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुने तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना२७प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना उनी गम्भीर घाइते...










