समाचार
निगमले डिजल र मट्टीतेलको मूल्य बढायो
काठमाडौं । डिजल र मट्टीतेलको मूल्य बढेको छ । शुक्रबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलको मूल्य बढाएको हो । निगमले ठिजल र मिट्टीतेल प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू भइसकेको छ । निगमले पेट्रोलको मूल्य भने...
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिन आह्वान गरिएको छ । उक्त संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सार्वजनिक सूचना जारी गर्दै दरखास्त दिन आह्वान गरेको हो । समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले कार्यविधि, २०८१ अनुसार योग्यता पुगेका...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको र त्यसको देशको केही प्रदेशको एक–दुई स्थानमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, पश्चिमी र स्थानीय वायुको प्रभावले देशको कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका...
चोरीका गरगहनासहित हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले चोरीका गरगहनासहित हेटौंडाबाट बिहीबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा–७ कमाने बस्ने वर्ष ४२ को सन्तोष अधिकारीको घरबाट सुनको गरगहना, मोबाईल र नगद चोरी गर्ने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ घर भई हाल हेटौंडा–...
एमालेको जनजागरण सभा मङ्सिर ७ मा
काठमाडौं । नेकपा एमालेको जनजागरण सभा आगामी मंसिर ७ गते हुने भएको छ । उक्त सभा भृकुटीमण्डपमा गर्न लागेको शुक्रबार एक विज्ञप्तिमार्फत् जानकारी गराइएको हो । बागमती प्रदेश इन्चार्ज एवम् जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा नेपाल राष्ट्रको पुनर्निर्माण, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र...
हेटौंडा–१२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार हेटौंडा–१२ मा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले वडा कार्यालय भवनमा बोर्ड राख्दै...
औपचारिक रुपमा शुभारम्भ भयो नेपाल–बङ्गलादेश विद्युत् निर्यात
काठमाडौं । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ । नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले, विद्युत् मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कविरले भारतका भर्चुअल माध्यमबाट उक्त विद्युत् निर्यात शुभारम्भ गरेका हुन् । नेपालले यसअघि भारतसँग...
सुनचाँदी मूल्यमा सामान्य सुधार
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी मूल्यमा सामान्य सुधार आएको छ । बिहीबार २ हजार २०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार सय रुपैयाँले सुधार आएको हो । यससँगै छापावाल सुनको भाउ १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्यमा...
प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने
काठमाडौं । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुले पनि अब कुटनीतिक राहदानी (रातो पासपोर्ट) प्राप्त गर्ने भएको छ । सरकारले राहदानी नियमावलीको दोस्रो संशोधन गर्दै राहदानी पाउनेहरुको सूचीमा एआईजीलाई थप गरेको हो । उक्त सूचीमा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य निर्देशक तथा नेपाली सेनाका उपरथी समेत...
ठगी गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ की २२ वर्षीया प्रितिका बास्तोला, चितवनको भरपुर महानगरपालिका–१० की ३६ वर्षीया शारदा सुवेदी र भरतपुर महानगरपालिका–४ का २५ वर्षीय सुरज कँडेल रहेका...










