समाचार

दार्चुलामा दुर्घटना हुँदा सात जनाको मृत्यु

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना हुँदा सात जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय...

नेपाल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता

बाकु । नेपाल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता भएको छ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका राष्ट्रपति ईलहाम अलियेफबीच भेटवार्ता गरेका हुन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९)मा भाग लिन उच्चस्तरीय नेपाली...

बिहीबार १४ अंकले बढ्यो नेप्से

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन शेयर बजार (नेप्से) १४ अंकले बढेको छ । आज नेप्से परिसूचक अंकले बढे पनि कारोबार भने घटेको छ । यसदिन २ करोड १६ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने १० अर्ब ३२ करोड ३ लाख...

रास्वपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएका नेताहरूले प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाउने तायरी गरिरहेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, प्रधानमन्त्रलिाई ज्ञापनपत्र बुझाउने समयबारे छलफल भइरहेको छ । सहकारीको...

नागढुङ्गा सडक एक साता आंशिक रुपमा बन्द

काठमाडौं । नागढुङ्गा सडक आजबाट एक साता आंशिक रुपमा बन्द हुने भएको छ । उक्त सडक आजदेखि आगामी मंसिर ५ गतेसम्म आंशिक रुपमा बन्द हुने भएको हो । नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सो सडक बन्द गरिन लागेको नागढुङ्गा सुरुङ...

एमालेको जागरण सभामा एक लाख कार्यकर्ता सहभागी हुने

काठमाडौं । नेकपा एमालेले आयोजना गर्न लागेको जागरण सभा कार्यक्रममा एक लाख कार्यकर्ता सहभागी हुने भएका छन् । कार्यक्रम आगामी मंसिर ७ गते हुँदैछ । मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने भन्दै जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको...

नेपाली कांग्रेसद्वारा सांसद् गौचनको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले सांसद् विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गर्दै पार्टीकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य गौचनको निधनप्रति दुःख व्यक्त गरेका हुन् । सांसद् गौचनको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो । पार्टीको भ्रातृ...

चरेससहित तीन जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषध चरेस साढे २२ किलोसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा सिम्रौनगढ–४ हरिहरपुर निवासी मकसुद अन्सारी, सोही ठाँउका रामलाल सहनी र भारत बिहार मोतिहारी ग्राम आदापुर बस्ने मुकेश कुमार रहेका छन् । उनीहरु वीरगंज महानगरपालिकाको वडा नम्बर–१५ भिष्वा होटल नजिकबाट पक्राउ परेका...

रास्वपा नेताहरूविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताह रुविरुद्ध अवहेलना मुदा दर्ता गरिएको छ । पार्टी सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा मुदा दर्ता भएको हो । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन...

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न समितिको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान गरिएको छ । आगामी मंसिर २ गते आइतबारका लागि प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आह्वान गरिएको हो । सो बैठकमा प्रधानमन्त्रीको विदेश भ्रमणको विषयमा छलफल गरिने कार्यसूची रहेको संघीय संसद सचिवालयले...