समाचार

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

सुर्खेत । वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । बिहान वीरेन्द्रनगर नगरपालिका–१, सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिँदा ५ वर्षीय बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बसको ठक्करबाट सोही वडाकी अन्दाजी ५ वर्षीय समीक्षा सुनारको मृत्यु भएको हो । प्रहरीले बस...

अपडेटः दार्चुला दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

दार्चुला । दार्चुलामा आज बिहान भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ । उक्त दुर्घटनामा परेर थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ८ पुगेको हो । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको थियो...

राष्ट्रपति पौडेल स्वदेश फर्किए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान स्वदेश फर्किएका छन् । अजरबैजानको राजधानी बाकुमा आयोजित राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर उनी आज बिहान स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले स्वागत गरेका थिए । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना...

आज चार संसदीय समितिको बैठक आह्वान

काठमाडौं । आज एकैदिन चार वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । कानून, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आह्जान गरिएको हो । जसअनुसार बिहान साढे ११ बजे कानून, न्याय तथा मानव अधिकार...

नेपाली सेनाको विविध सेवातर्फका अधिकृत पदमा भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाको विविध सेवातर्फका अधिकृत पदमा भर्ना खुलेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय जंगीअड्डाले एक सूचना जारी गर्दै प्राड/प्राविधिक/हवाईलगायत विविध सेवातर्फका अधिकृत पदमा भर्ना खुलेको जानकारी गराएको हो । जंगीअड्डाका अनुसार प्राड उपसेनानी, डाक्टर, पाइलट, समाचार सम्पादकदेखि लेखा उपसेनानीसम्मका २१ सिटका लागि भर्ना खुल्ला भएको...

थाहा नगरमा राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको इन्द्रायणी चौरमा बिहिबारदेखि सुरु भएको हो । मार्चपाससहित प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले गरेका थिए । मंसिर १ गतेसम्म संचालन हुने...

चैनपुर जेसीस सप्ताहः लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतनामुलक कार्यक्रम

मकवानपुर । चैनपुर जेसीज मनहरीले बिहीबार लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह अन्तर्गत बिहीबार महेन्द्रज्योति माध्यमिक विद्यालय मनहरी–३ मा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम मकवानपुरका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा उनले...

हेटौंडामा दुई दिने उद्यमी मेला

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने उद्यमी मेलाको आयोजना गरिएको छ । उक्त मेला संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यु.एन.डिपीसँगको साझेदारीमा एलोई प्रालिको आयोजना तथा व्यवस्थापनमा भएको हो । मेला सामुदायिक वन उपभोक्ता समूह र साना तथा घरेलु उद्यामीले उत्पादन गरेको सामग्री प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको...

रवि लामिछानेलाई आज पोखरा पठाइँदै

बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पोखरा पठाइने भएको छ । आज विमानस्थल खुलेपछि सभापति लामिछानेलाई भैरहवाबाट पोखरा पठाइने भएको हो । लामिछानेलाई मंगलबार कास्कीबाट भैरहवा लगिएको थियो । उनले बुटवलको सुप्रिम सहकारीको सङ्गठित ठगी आरोपमा बयान दिएका थिए । उनलाई जिल्ला...

हेटौंडाबाट अवैध गाँजासहित दुई जना पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मकवानपुरको मनहरी गाउँपालिका –७ पेन्चे बस्ने वर्ष ३३ को शंकर स्याङतान र सोही ठाँउ बस्ने वर्ष ४० को रामशरण प्रजा रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक...