समाचार

आज एकैदिन २२०० ले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला २ हजार २०० रुपैयाँले घटेको जनाएको हो । महासंघका अनुसार, भाउ घटेसँगै आज छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार यो १ लाख ६२ हजार २००...

बागमतीका खेलकुद मन्त्रीद्वारा सय दिने उपलब्धि सार्वजनिक

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफ्नो नियुक्ति पश्चात सय दिनमा हाँसिल गरेका उपलब्धिहरू सार्वजनिक गरेका छन् । गत साउन ९ मा मन्त्री नियुक्त भएका उनले आफुले सम्हालेको मन्त्रालय अन्तर्गत सम्पन्न मुख्य कार्य तथा उपलब्धिहरु सार्वजनिक गरेका हुन् । उनले आफुले सो मन्त्रालयको पद सम्हालेपछि...

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक २९ गते बिहीबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३५.३१ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४२.९६ रुपैयाँ...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौ । मौसम पूर्वानुमा महाशाखाले आज देशको विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । साथै महाशाखाका अनुसार, उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । ती...

धितोपत्र बोर्ड अध्यक्षको छनौट सूचीमा परेकालाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि छनौट सूचीमा परेकालाई अन्तरवार्तामा बोलाइएको छ । छनौट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई बोर्डका अध्यक्ष पद नियुक्तीका लागि अन्तरवार्तामा बोलाइएको हो । उनीहरुलाई आगामी मंसिर ९ गते बिहान ८ बजेको लागि अन्तरवार्तामा बोलाइएको हो । यसअघि असोज १८...

सांसद गौचनको निधन

पोखरा । गण्डकीकी सांसद विमला गौचनको हृदयघातका कारण निधन भएको छ । सांसद् गौचनको गएराति निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । पूर्व मन्त्री अर्यालका अनुसार, डेंगु बिरामी भएपछि सांसद् गौचन ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद...

बागमती प्रदेशः गठबन्धन सरकारको सय दिनमा गरिएको कार्यहरु सार्वजनिक

मकवानपुर । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको बागमती प्रदेश सरकारले एक सय दिनभित्र सम्पादन गरेका कार्यहरु सार्वजनिक गरिएको छ । बुधबार प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ नेतृत्वको सरकार गठन भएयता एक सय दिनभित्र गरेको प्रमुख कार्यहरु बुधबार सार्वजनिक गरिएको हो । बुधबार हेटौंडा आयोजित एक कार्यक्रममा...

एमालेको जागरणसभा तयारीका लागि समिति गठन

काठमाडौं । नेकपा एमालेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन गरिएको छ । नेकपा एमालेले आगामी मंसिर ७ गते काठमाडौंमा गर्न लागेको जागरणसभा तयारीका लागि ११ सदस्यीय समिति गठन गरेको हो । एमालेले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको संयुक्त आयोजनामा जागरणसभा गर्न लागिएको हो । त्यसको लागि...

सरकारको काम कारबाहीका विषयमा माओवादीद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले सरकारको काम कारबाहीका विषयमा मुख्यमन्त्री बहादुर सिं लामालाई ज्ञापन पत्र बुझाएको छ । बुधबार संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले माओवादी केन्द्रको धारणसहित मुख्यमन्त्री लामालाई ८ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । प्रदेश सरकारको कामकाज र संघीयताका सवालका विषयमा माओवादी केन्द्रले मुख्यमन्त्री...

लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध ब्राउनसुगर करिब २० ग्राम सहित २ जना बुधबार बिहान पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा गोरखा, गोरखा नगरपालिका–१४ बस्ने २५ वर्षीय अनिल भट्ट र मोरङ बेलवारी नगरपालिका–५ बस्ने २१ वर्षीय टेक बहादुर पुरी...