समाचार
मकवानपुरका बोम्जनलाई गोली प्रहार गर्ने एक जना पक्राउ
मकवानपुर । मकवानपुरका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बागमती गाउँपालिका वडा नं.१ निवासी बोम्जनमाथि गोली प्रहारगर्ने बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षका परमानन्द भन्ने विजनन्दन ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सोमबार पक्राउ गरेको...
पुरुष फुटबलमा आज नेपाल र ताजकिस्तानि भिड्दै
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले मैत्रीपूर्ण खेल अन्तरगत आज ताजिकिस्तानसँग भिड्दैछ । नेपाल र घरेलु टोलीवीरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा हुनेछ । नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुने जनाइएको छ । फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली मंगलबार डुसानबे प्रस्थान...
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च...
कुलेखानीको क्षतिबारे अध्ययन समितिद्वारा प्रतिवेदन पेस
काठमाडौं । कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासमक्ष प्रतिवेदन पेस गरेको छ । गत असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत् केन्द्रको ड्यामको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा पुगेको क्षतिबारे अध्ययन गर्न गत...
पूर्वमन्त्री दीपक मनाङे कारागार चलान
काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङे कारागार चलना भएका छन् । उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले उनलाई डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । उनलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५...
हत्या गरेको अभियोगमा महिला पक्राउ
बैतडी । बैतडीको डिलासैनी गाउँपालिका–२, छेपट्टा डुङरी बस्ने २३ वर्षीया सुनिता बोहराको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनिता कै जेठानी ३० वर्षीया दीपा बोहरा रहेका छन् । उनलाई सोमबार राति प्रहरी चौकी सिमारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, घरायसी...
मलद्वार नभएका बालकको उपचारमा हेटौंडा उपमहानगरले सहयोग गर्ने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले मलद्वार नभएका बालको उपचारमा सहयोग गर्ने भएको छ । खर्चको अभावका कारण उपचारबाट बञ्चित रहेका १८ महिने बालक आरोन स्याङतानले अब हेटौंडा उपमहानगरपालिका सहयोगबाट पूर्ण उपचार पाउने भएका हुन् । हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानले बालकको उपचारका लागि सहयोग प्रस्ताव कार्यपालिका बैठकले स्वीकृत गरेको प्रमुख...
हेटौंडामा टायर पड्किएर एक जनाको मृत्यु, पाँच घाइते
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, थानाभर्याङमा पेट्रोल बोकेको ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । प्रवक्ता...
बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ पुग्यो
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ पुगेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एउटा नयाँ मन्त्रालय खडा गरेर प्रदेशमा मन्त्रालयको संख्या १४ पुर्याएको हो । मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा बसेको बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो ।...
उपनिर्वाचनः निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोक्यो
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन तथा निर्वाचन अधिकृत तोकिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार, ३२ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत...










