पूर्वमन्त्री दीपक मनाङे कारागार चलान
काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङे कारागार चलना भएका छन् । उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले उनलाई डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् ।
उनलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो ।
उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले बाँकी समय कारागारमा बिताउनुपर्ने जनाइएको छ ।