समाचार

भैरहवा विमानस्थलबाट कतार एयरको दैनिक उडान आजदेखि सुरु

काठमाडौं । आजदेखि दोहाबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । कतार एयरवेजले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा गर्ने गरी अनुमति लिएसँगै आजबाट दैनिक उडान गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । महाप्रबन्धक तिवारीका अनुसार, दोहाबाट २ः४५ बजे आउने जहाज त्यसपछि काठमाडौं...

राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागका सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्थानीय तह परिचालन र पर्यटन विभागका सदस्य मनोनीत गरिएको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधान बमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य मनोनीत गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।...

मकवानपुरमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ८, रातोडाँडा बस्ने ८१ वर्षीय सिंहबहादुर ब्लोनको भिरबाट लगेर मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, सोमबार घरदेखि अन्दाजी ३० मिटर दक्षिणतर्फ पर्ने जंगलमा...

आज मकवानपुरको त्रिखण्डीसहित विभिन्न स्थानमा मेला

मकवानपुर । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी । यसदिन मकवानपुरको विभिन्न स्थानमा रहेको मन्दिरमा मेला तथा जात्रा लागेको छ । हरिबोधनी एकादशी पर्वमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि मकवानपुरको विभिन्न स्थानमा रहेको मन्दिर परिसरमा मेला तथा जात्रा लागेको हो । आज जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । त्यसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी...

आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज देशभर मनाउन लागिएको हो । आजैका दिन असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका...

चैनपुर जेसीज मनहरीको सप्ताह सुरु, आज रक्तदान कार्यक्रम

मकवानपुर । चैनपुर जेसीज मनहरीको वर्ष सन् २०२४ को जेसीज सप्ताह सुरु भएको छ । मनहरी–४ मा जिल्लास्तरीय नकाउट फुटबल प्रतियोगिता समेत आयोजना गरिरहेको जैसीस मनहरीको सप्ताह आजबाट सुरु भएको हो । सप्ताहको आज पहिलो दिन मनहरी–७ मनहरी बजारमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा २५ जनाले रक्तदान...

हेटौंडा आइपुग्यो ‘अग्निदहन’ को निर्माण टिम

मकवानपुर । साहित्यकार लोकराज पौडेलको उपन्यासमा आधारित नेपाली कथानक चलचित्र ‘अग्निदहन’ को निर्माण टिम हेटौंडा आइपुगेको छ । आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुने चलचित्रको प्रचार–प्रसार गर्न सो टिम हेटौंडा आइपुगेको हो । सोमबार चलचित्र पत्रकार संघ मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत् ‘अग्निदहन’ को टिमले चलचित्रको बारेमा जानकारी गराएको हो...

पर्यटकका रोजाई शेफोक्सुण्डो ताल, हेटौंडाका २१ जना युवा एकैपटक पुगे

मकवानपुर । दशैं, तिहार, छठ पर्व सकिएलगतै शेफोक्सुण्डो ताल घुम्न जानेको संख्या बढ्दो छ । कर्णाली प्रदेश अन्तरगत डोल्पा जिल्लामा अवस्थित उक्त तालमा आन्तरिक पर्यटकको चलहपहल बढेको हो । आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित हेटौंडा एडभेन्चर क्लबका युवाहरु पनि त्यहाँ पुगेका छन् । क्लबका...

‘विश्वको मुख्य समस्या जलवायु परिवर्तन हो’

बाकु । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले विश्वको मूल्य समस्या जलवायु परिवर्तन रहेको बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन अजरबैजानको बाकु पुगेका उनले यस्तो बताएका हुन् । हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न आइपुगेका अजरबैजानका न्याय मन्त्री फारिद...