समाचार
चैनपुर जेसीज मनहरीको सप्ताहव्यापी कार्यक्रम आजबाट
मकवानपुर । चैनपुर जेसीज मनहरीको सप्ताहव्यापी कार्यक्रम आजबाट सुरु हुँदैछ । जिल्लास्तरीय नकाउट फुटबल प्रतियोगिता आयोजना गरिरहेको चैनपुर जेसीज मनहरीले आजबाट सप्ताहव्यापी कार्यक्रम पनि सुरु गर्न लागेको हो । सप्ताहव्यापी कार्यक्रमको आज पहिलो दिन मनहरी बजारमा रक्तदान कार्यक्रमको आयोजना गरिएको चैनपुर जेसीज, मनहरीका अध्यक्ष रविन ढकालले जानकारी दिए ।...
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हाल बस्दैछ । बैठक प्रचण्ड निवास खुमलटारमा बसिररहेको बैठक बसिरहेको सचिव गणेश साहले जानकारी दिए । उनका अनुसार, बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल भइरहेको छ । आइतबार नै पदाधिकारी बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण...
आजको मौसमः वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज केही प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, यस दिन कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।...
वाईसिएल थाहा नगर अध्यक्षमा केशब सुनार
मकवानपुर । नेकपा माओबादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहा नगर कमिटीको अध्यक्ष पदमा केशब सुनार चयन भएका छन् । वाईसिएल नेपाल थाहा नगर कमिटीको आइतबार भएको बन्दसत्रले अध्यक्ष पदमा सुनारलाई सर्वसम्मत चयन गरेको वाईसिएल नेपाल मकवानपुर जिल्ला सदस्य एवम् थाहा नगर इन्चार्ज हिरेन्द्रकुमार रायमाझीले जानकारी दिए । सुनारको...
(कोप २९) मा सहभागी हुन राष्ट्रपति पौडेल बाकु प्रस्थान
नेपालका राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप २९) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै राष्ट्रपति पौडेल त्यसतर्फ गएका हुन् ...
चीन र अमेरिकामा नयाँ नेपाली राजदूत नियुक्त
काठमाडौं। चीन र अमेरिका गरी दुई देशका लागि नयाँ नेपाली राजदूत नियुक्त भएका छन् । नियक्त हुनेहरुमा प्राडा कृष्ण प्रसाद ओली (चीन) र लोकदर्शन रेग्मी (अमेरिका) का राजदूतमा नियुक्त भएका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले यसअघि नै संसदीय सुनुवाइ पूरा...
मकवानपुरका बिष्ट सम्मानित
मकवानपुर । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले प्रदान गर्ने हरिगोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार, संस्कृति÷सम्पदा फोटो पत्रकारिता पुरस्कार–२०८० बाट मकवानपुरका गणेश बिष्ट पुरस्कृत भएका छन् । एनएफपिजेको शनिबार सम्पन्न २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनबाट मकवानपुरको थाहा नगरपालिकाका बिष्ट पुरस्कृत भएका हुन् । थाहा नगरपालिका वडा...
अपडेटः गाँजासहित पक्राउ परेका वाग्लेविरुद्ध अनुसन्धान गर्न ४ दिनको म्याद थप
मकवानपुर । गएराति अवैध गाँजासहित हेटौंडाबाट पक्राउ परेका किरण वाग्लेविरुद्ध अनुसन्धान गर्न ४ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत मकवानपुरले २९ वर्षीय वाग्लेलाई थप ४ दिन हिराशतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार,...
मकवानपुरमा थपिए ५८ जना डेंगु संक्रमितका बिरामी
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ५८ जना डेंगु संक्रमितका बिरामी फेला परेका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा हेटौंडा उपमहानगरपालिमा ४७ जना, मनहरी गाउँपालिकामा ८ जना, मकवानपुरगढी, भीमफेदी र राक्सिराङ गाउँपालिकामा क्रमशः १–१ जना डेंगु संक्रमणका बिरामी थपिएका हुन् । आज थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल...
करिब एक सय किलोग्राम गाँजासहित हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, नेवारपानीस्थित सडकबाट प्रहरीले गएराति अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्रामसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ शंखु ओखरकोट बस्ने २९ वर्षीय किरण वाग्ले रहेको प्रहरीले जनाएको छ ।...










