समाचार

धादिङमा बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ डार्केफाटमा सोमबार बोलेराले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनीघाट–२ की १९ वर्षीया अनिशा मिजार रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार, ताल्तिबाट मलेखु जाँदै गरेको बा२०च १९९९ नम्बरको बोलेरोले मिजारलाई ठक्कर दिँदा पैदलयात्री अनिशाको मृत्यु...

हेटौंडामा दुई दिने बजार प्रदर्शनी मेला हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने बजार प्रदर्शनी मेला हुने भएको छ । कात्तिक २९ र ३० गते सामुदायिक वन उपभोक्ता समूह र साना तथा मझौला उद्योग बजार प्रदर्शनी मेला हुने भएको हो । वन समुदाय साथै घरेलु उत्पादनलाई सशक्त बनाउन र दिगो आर्थिक विकासलाई प्रवद्र्धन गर्ने...

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । हरीको नियनत्तणमा हुनेहरुमा पर्साको पर्टेवा सुगौली गाउँपालिका–२ रंगपुर टाडी घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्ने ३४ वर्षीय सुदिपचन्द्र बख्रेल र ललितपुर महानगरपालिका–२...

उपनिर्वाचनमा पर्यवेक्षणका लागि निवेदन दिन आग्रह

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन दिन आग्रह गरेको छ । आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको पर्यवेक्षण गर्न आजदेखि कात्तिक ३० गतेसम्म समय दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार, स्थानीय तह उपनिर्वाचन निर्देशिका,...

उपनिर्वाचनः माओवादी बैठकद्वारा सिफारिस उम्मेदवार अनुमोदन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न उपनिर्वाचनका लागि तल्लो कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले उपनिर्वाचनको लागि तल्लो कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको हो । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन हुँदैछ । त्यसका लागि प्रदेश र...

नेप्सेमा वृद्धि, ११ अर्ब माथिको कारोबार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन नेप्से परिसूचकमा वृद्धि आएको छ । यसदिन सेयर बजार नेप्से २२ दशमलव १४ अंकले बढेर २ हजार ७६० दशमलव २१ बिन्दुमा पुगेको छ । यस्तै, आज ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि आइतबार...

सूर्यज्योति लाइफको शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ । केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ५ लाख ८२ हजार ८५८ कित्ता शेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ । कम्पनीले उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँने भन्दै शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात...

बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । बागलुङको जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजारको लागि छुटेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त भ्यान सडकबाट...

मकवानपुरका बोम्जनमाथि अज्ञात समूहद्वारा गोली प्रहार

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढीमा अज्ञान समूहले मकवानपुरका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको छ । बागमती गाउँपालिका वडा न.१ निवासी बोम्जनमाथि आइतबार दिउँसो ३ जनााको अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उक्त समूहले मोटरसाइकलमा सवार बोम्जनलाई रोकेर नल कटुवा बन्दुकले गोली प्रहार गरेको बुझिएको छ । हेल्मेटको...

हेटौंडा–१२ उपनिर्वाचनः रास्वपाले बललाई उम्मेदवार बनाउने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ मा हुने उपनिर्वाचनका लागि आशा बिर बललाई उम्मेदवार बनाउने भएको छ । आगामी मंसिर १६ गते हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि रास्वपाले बललाई उम्मेदवार बनाउने घोषणा गरेको हो । आइतबार वडा, नगर र जिल्ला कार्यसमितिको सयुक्त...