हेटौंडामा दुई दिने बजार प्रदर्शनी मेला हुने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने बजार प्रदर्शनी मेला हुने भएको छ । कात्तिक २९ र ३० गते सामुदायिक वन उपभोक्ता समूह र साना तथा मझौला उद्योग बजार प्रदर्शनी मेला हुने भएको हो ।
वन समुदाय साथै घरेलु उत्पादनलाई सशक्त बनाउन र दिगो आर्थिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्र विकास कार्यक्रम र एलोई प्रालिको साझेदारीमा मेला आयोजना गर्न लागिएको हो ।
मेलामा २५ वटा स्टल रहने र ती सबै स्टलहरु बुकिङ भइसकेको प्रालिका सञ्चालन प्रवन्धक मलिना महर्जनले जानकारी दिए । उनका अनुसार, मेलामा स्टल राख्ने र अवलोकनकर्तालाई निःशुल्क व्यवस्था गरिएको छ ।
पहस्तकला सामग्री, स्थानीय उत्पादन, खाद्य स्टल र विभिन्न कृषिसम्बन्धी उत्पादन, डेरी उत्पादन र उपकरणहरु प्रदर्शनीका लागि राखिने जनाइएको छ ।
