पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई प्रहरीले छोड्यो

तु खबर संवाददाता
२०८३ आश्विन ११, आईतवार २०:०८
file-photo

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले सोधपुछपछि परिवारको जिम्मा लगाएको छ । उनलाई गएराति पक्राउ गरी प्रहरी कार्यालयमा लगिएको थियो ।

पक्राउपछि प्रहरीले जबरामाथि आवश्यक सोधपुछ गरेको थियो । सोधपुछ प्रक्रिया पूरा भएपछि उनलाई परिवारका सदस्यको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले जबरालाई सुरक्षित स्थानमा पठाइएको पनि जानकारी दिएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षित ठाउँमा पठाइएको बताएका छन् ।

उनलाई किन पक्राउ गरियो र किन छाडियो भनेर प्रहरीले जवाफ दिन सकेको छैन । राष्ट्रिय मानव अधिकार आयोगलाई पनि जबरालाई भेट्न नदिइएपछि आयोगले आपत्ति जनाएको छ ।