समाचार

कालीकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कालिकोट । कालीकोटमा आजतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा हाल नम्बर नखुलेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर आठै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत हुन...

आइतबार शेयर बजारमा वृद्धि, पौने १० अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन शेयर बजारमा वृद्धि आएको छ । आज नेप्से अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२ दशमलव ५४ अंक बढेर २७३८ मा कायम भएको छ । यसदिन कुल २२८ कम्पनीको मूल्य बढ्दा १३ कम्पनीको मूल्य घटेको छ भने तीनको स्थिर...

रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १३ दिनको म्याद थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १३ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई थप १३ दिन हिराशतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यससँगै लामिछानेलाई चौथो पटक म्याद थप गरिएको छ । यसअघि तेस्रो पटक–पटक क्रमशः ६,...

लेडीको जेसीजको सप्ताह मंगलबारबाट सुरु हुने

मकवानपुर । जेसीआईं हेटौंडा लेडीको जेसीज सप्ताह २०२४ मंगलबारबाट सुरु हुने भएको छ । विविध कार्यक्रम आयोजना गरी यसवर्षको सप्ताहव्यापी कार्यक्रम सुरु गर्न लागिएको हेटौंडा लेडी जेसीज सन् २०२४ अध्यक्ष सजिता केसीले जनाएको छ । मंगलबार, बुधबार, बिहीबार र शुक्रबार गरी चार दिनसम्म सात वटा कार्यक्रम आयोजना गर्न लागिएको...

बागमती प्रदेशका जिल्लामा कांग्रेस–एमालेको दुई दलीय संयन्त्र गठन गर्न निर्देशन

मकवानपुर । नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रले प्रदेशका जिल्लाहरुमा पनि संयन्त्र निर्माण गर्न निर्देशन दिएको छ । प्रदेशस्तरीय दुई दलीय संयन्त्रको आज ललितपुरमा बसेको पहिलो बैठकले यस्तो निर्देशन दिएको हो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशका...

राप्रपाद्वारा हेटौंडा–१२ को वडाध्यक्षमा उम्मेदवार घोषणा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेको छ । आगामी मंसिर १६ गते हेटौंडा–१२ मा हुने उपनिर्वाचनको लागि राप्रपा मकवानपुरले प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । आइतबार बसेको राप्रपा नगर र जिल्ला कार्यसमितिको बैठकले...

आज फाल्गुनन्द जयन्ती मनाइँदै

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदैछ । फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाउने भएको हो । फाल्गुनन्द विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका थिए । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको...

आज अर्थ समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठक सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, आजको बैठकमा समितिको आन्तरिक छलफल तथा विविध विषयमा छलफल हुनेछ ।

बागमती प्रदेशः सय दिनमा गरेका कामको प्रतिवेदन सार्वजनिक गर्न आग्रह

हेटौंडा । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको बागमती प्रदेश सरकारले सय दिन पूरा गरेको छ । सरकारले सय दिन पूरा गरेपछि सरकारले सम्पादन गरेका कार्य र प्रमुख उपलब्धि सार्वजनिक गर्ने आमप्रचलन रहेको छ । बागमती प्रदेशमा कांग्रेस नेतृत्वमा बनेको सरकारले कात्तिक १५ गते नै एक सय दिन...

माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलन हुने प्रचण्डको दाबी

मकवानपुर । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलन हुने दाबी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । उनले माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताए ।...