समाचार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२, कोटेश्वर भाटभटेनीस्थित सडकमा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०२० प ५१७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी वर्ष ४० को एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मोटरसाइकलले ठक्कर दिँदा...

नेपालका राष्ट्रपति र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता

बाकु । राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिम्सका राष्ट्रपति डाक्टर मोहम्मद मुइजुबीच भेतवार्ता भएको छ । उनीहरुबीच मंगलबार अजरबैजानको बाकु सहरमा भेटवार्ता भएको हो । बाकु सहरमा सोमबारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन पुगेको उनीहरुबीच भेटवार्ता भएको...

मौसम खराबीका कारण हवाई उडान प्रभावित

काठमाडौं । मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक हवाई उडान प्रभावित बनेको छ । बाक्लो हुस्सु र तुवाँलोका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ । सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी...

बागमतीमा विपद्का कारण ५ हजार ५०३ हेक्टर धानखेतीमा क्षति

मकवानपुर । बागमती प्रदेशमा विपद्का कारण ५ हजार ५०३ हेक्टर धानखेतीमा क्षति पुगेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाहरुमा विपद्का कारण सो हेक्टर धानखेतीमा क्षति पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार, प्रदेशको मकवानपुर, नुवाकोट, ललितपुर, काभ्रे, रामेछाप, सिन्धुली र धादिङ लगायतका...

उद्योगमन्त्री तामाङको सय दिने उपलब्धि सार्वजनिक

मकवानपुर । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुक माया तामाङले आफ्नो नियुक्ति पश्चात सय दिनमा हाँसिल गरेका उपलब्धिहरू सार्वजनिक गरेकी छन् । गत साउन ९ मा मन्त्री नियुक्त भएकी तामाङले आफुले सम्हालेको मन्त्रालय अन्तर्गत सम्पन्न मुख्य कार्यहरूको समीक्षा प्रस्तुत गरेकी हुन् । मन्त्री तामाङका अनुसार,‘‘प्रदेश हस्तकलाग्राम...

नेपाल भ्रमणमा आउँदै भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी मंसिर ५ गते नेपाल भ्रमणा आउने भएका हुन् । उनी पाँच दिवसीय भ्रमणका लागि नेपाल आउन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सो अवसरमा राष्ट्रपति...

स्थानीय तह उपनिर्वाचन संचालन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन संचालन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश एवम् जिल्ला...

किशोरीलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

काठमाडौं । सरकारले देशभरका १६ लाख भन्दा बढी किशोरीलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले देशैभरका १६ लाख ८८ हजार नौ सय किशोरीलाई निःशुल्क खोप लगाउन लागेको जानकारी दिए । उनका अनुसार, मंगलबार मन्त्रीस्तरीय निर्णय...

लागूऔषधसहित मकवानपुरका लामा पक्राउ

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल नयाँ पुलस्थित सडकबाट प्रहरीले नियन्त्रित लागूऔषधसहित मकवानपुरका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमो मकवानपुर घर भई हाल काठमाडौं बस्ने वर्ष २६ को कबिर लामा रहेको प्रहरीले जनाएको छ । उनलाई मंगलबार दिउँसा प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले लागूऔषध ट्रामाडोल १ हजार...

परराष्ट्रमन्त्री आरजु देउवा बेइजिङ जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा बेइजिङ जाँदैछन् । आगामी मंसिर १३ मा समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न प्रस्थान गर्न लागेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि राणा बेइजिङ जान लागेकी हुन् । राणाले मंगलबार परराष्ट्र मन्त्रालयमा...