नेपाल भ्रमणमा आउँदै भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी मंसिर ५ गते नेपाल भ्रमणा आउने भएका हुन् ।
उनी पाँच दिवसीय भ्रमणका लागि नेपाल आउन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सो अवसरमा राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले उनलाई मंसिर ६ गते नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यतालिका रहेको छ ।
भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।
नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको अवलोकन गर्नेछन् भने कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने जनाइएको छ ।
