समाचार
उत्तरी गाजामा इजरायली हमला, कम्तीमा ३४ जनाको मृत्यु
गाजा । उत्तरी गाजाको बेइट लाहियामा रहेको पाँच तले आवासीय भवनमा इजरायली हवाई आक्रमण भएको छ । उक्त आक्रमणमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको स्थानीय नागरिक रक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार, मृतकमध्ये धेरै महिला र बालबालिका रहेका छन् । घटनामा सात जना घाइते भएको जनाइएको छ...
पृथ्वीराजमार्ग आजदेखि साढे चार घण्टा बन्द हुने
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । उक्त सडक आजदेखि २० दिनसम्म साढे चार घण्टा बन्द हुने भएको हो । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन सवारी आवगमन बन्द गर्न लागिएको हो...
मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने गरी आह्वान गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक आह्वान गरिएको हो । उक्त बैठकले पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे आवश्यक निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन...
आज माओवादी पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार, बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल हुनेछ । गत...
उपनिर्वाचनः आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । आज विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, भोलि मंसिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही...
हेटौंडा–१२ उपनिर्वाचन: १४ जनाले गराए मनोनयन दर्ता
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को वडाध्यक्ष पदमा हुने स्थानीय तह उपनिर्वाचनका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन् । उपनिर्वाचन अन्तरगत आइतबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १४ जनाले यही मंसिर १६ गते हेटौंडा–१२ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएको...
जनसेवक कर्मचारी उपभोक्ता सहकारीको साधारणसभा सम्पन्न
मकवानपुर । जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । संस्थाको १६ औं वार्षिक साधारण सभा आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर, ४ स्थित क्लब हेटौंडा पाटी प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रम हेटौंडा उपमहानगर पालिका वडा नम्बर ४ मा अवस्थित सहकारीका अध्यक्ष बसन्त राज गौतमको सभाध्यक्षता...
हेटौंडा–१२ मा माओवादी केन्द्रको तर्फबाट प्रधानले गरे उम्मेदवारी दर्ता
मकवानपुर । हेटौंडा–१२ मा हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवारले उममेदवारी दर्ता गराएका छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रका तर्फबाट रवि कुमार प्रधानले उम्मेदवारी दर्ता गराएका हुन् । उनले माधव प्रसाद घिमिरेको प्रस्ताव र चन्द्रबहादुर घलानको समर्थनमा उम्मेदवारी दिएका हुन् ।...
हेटौंडामा एक जना मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, कमलडाँडास्थित एक जना मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, मृत अवथामा फेला पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती ११ नम्बर...
हेटौंडा–१२ उपनिर्वाचनः एमालेबाट नगरकोटीले गरे मनोनयन दर्ता
मकवानपुर । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा नेकपा एमालेले मनोनयन दर्ता गरेको छ । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नगरकोटीले वडाध्यक्ष पदमा मनोनय दर्ता गराएका हुन् । उनले अर्जुन प्रसाद अर्यालको समर्थन र बखान सिं घलानको प्रस्तावमा मनोनय दर्ता...









