धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता हुँदै

तु खबर संवाददाता
२०८१ मंसिर ९,आईतवार ०८:५८
file-photo

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता हुँदैछ ।

आवेदन दिएर ‘सर्टलिस्ट’ मा परेका तीन जनासँग पुनः अन्तर्वार्ता लिन लागिएको अध्यक्ष सिफारिस समितिले जनाएको छ ।

उक्त समितिले गत असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरेको हो ।