बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०८१ मंसिर १०, सोमबार १३:५८
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो ।

बैठक प्रदेशको राजधानी हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को भवनमा बस्ने गरी बोलाइएको हो ।

सो बैठकमा के विषयमा छलफल हुने बारे भने नखुलेको जनाइएको छ ।