एकैदिन तोलामा १५ हजार नौ सयले घट्यो सुनको भाउ

तु खबर संवाददाता
२०८१ मंसिर १०,सोमबार १३:४९
file-photo

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । यसदिन सुन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, नेपालमा एकैदिन तोलामा यति धेरै रुपैयाँले सुनको भाउ घटेको सम्भवतः पहिलो पटक नै होला । भाउ घटेसँगै आज सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन आइतबार सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । सोमबार चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेको हो । भाउ घटेसँगै चाँदी प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।