नेपाल प्रहरीमा कार्यरत २८ कर्मचारी सम्पर्कविहीन
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत २८ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
सोमबार प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना जारी गर्दै २८ प्रहरी कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएको हो ।
प्रहरी प्रधान कार्यालयले विभिन्न दर्जामा रहेका ती प्रहरीहरुलार्ई एक साताभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ ।
खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै कार्यालयले उनीहरूसँग स्पष्टीकरणसहित कार्यालय उपस्थित नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी समेत कार्यालयले दिएको छ ।
हेर्नुहोस् सूचना ।

