समाचार

बिहीबार ८ अंकले घट्यो नेप्से, साढे ८ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्था बिहीबार । यसदिन सेयर बजार परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, आज बजार परिसूचक ८ दशमलव ३० अंकले घट्दा समग्र परिसूचक २ हजार ७४८ दशमलव ०५ विन्दुमा पुगेको छ । यसदिन ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको...

चीन प्रस्थान गरिन् परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन प्रस्थान गरेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनी यही मंसिर १५ गतेसम्म चीन भ्रमणमा रहनेछिन् । भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध...

हेटौंडामा सवारी दुर्घटना, चालक घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, चुरियामाईस्थित पूर्व–पश्चिम सडकखण्डमा आज बिहान सवारी दुर्घटना भएको छ । वीरगंजबाट काठमाडौं जानको लागि हेटौंडा आउँदै गरेको प्र.२–०३–००१ ख ६७३८ नं.को कन्टेनर आफै अनियन्त्रित भई सडकमा पल्टिर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परेर कन्टेनर चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर...

आजको मौसमः यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो । महाशाखाले ती क्षेत्रमा...

हेटौंडामा तीन दिने कृषि वन उद्यम सहकारी प्रर्वद्धन तालिम

मकवानपुर । मकवानपुरको हेटौंडामा तीन दिने कृषि वन उद्यम सहकारी प्रर्वद्धन तालिमको आयोजना गरिएको छ । तालिम ग्रिन फाउण्डेशन नेपालको आयोजनामा भएको हो । उक्त तालिम सामुदायिक वन उपभोक्ता महासंघको समन्वयमा मंसिर १० गतेदेखि १२ गतेसम्म संचालन गरिएको हो । तालिमको समापन बुधबार बागमती प्रदेशका वन तथा वातावरण मन्त्री...

मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक आह्वान गरिएको हो । सो बैठकमा चीन भ्रमणका एजेण्डाबारेमा पनि छलफल हुने जनाइएको...

ट्रकको ठक्करबाट महिलाको मृत्यु, मकवानपुरका घलान पक्राउ

काठमाडौं । भक्तपुरको गठ्ठाघर चोकमा आज बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउला रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहान भक्तपुरबाट काठमाडौंको लागि छुटेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकल सोही दिशातर्फ गइरहेको बा.प्र. ०२–०३८ प...

उपनिर्वाचनः आज रातिदेखि मौन अवधि सुरु

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचन अन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ । सो समयमा कुनै पनि उम्मेदवार वा...

विद्युत प्राधिकरण केन्द्रिय वर्कशप हेटौंडामा आगोलागी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–५, भैरबरोडस्थित नेपाल विद्युत प्राधिकरण केन्द्रिय वर्कशपमा गएराति आगोलागी भएको छ । भैरबरोड हेटौंडाको पुरानो सामान राखेको स्थानमा अचानक आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता स्यामु अर्यालले जानकारी दिए । उक्त आगो नेपाल प्रहरी, हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरी, विद्युत प्राधिकरणका कर्मचारी...

मकवानपुरमा साबेलले हिर्काएर एक जनाको हत्या, साथी पक्राउ

मकवानपुर । मकवानपुरमा आज बिहान एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले आफ्नै ५० वर्षीय साथी जीतबहादुर मोक्तानको हत्या गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक...