समाचार
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिनको म्यान थप गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा...
परराष्ट्रद्वारा प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा
काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराएको हो । प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमणमा जाँदैछन् । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा त्यहाँ प्रस्थान गर्न लागेको जनाइएको...
दुर्घटनामा परेर वडाध्यक्षसहित पाँच जनाको मृत्यु
रामेछाप । रामेछापमा शुक्रबार सुमो दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटन हुँदा वडाध्यक्ष बस्नेतसहित पाँच जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार, दुर्घटनामा...
मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते
मकवानपुर । मकवानपुरमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । करेन्ट लागेर जिल्लाको मनहरी–८, दारिमबासका ३८ वर्षीय मंगल सिङ प्रजाको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, प्रजा घरबाट मनहरीतर्फ ज्यामि...
हेटौंडा दुर्घटना अपडेटः गम्भीर घाइते राईको मृत्यु
मकवानपुर । कान्तिलोकपथ सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित आज बिहान अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने वर्ष ६८ को जनक राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए...
हेटौंडा–१९ लाई आज बालमैत्री वडा घोषणा गरिँदै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ लाई आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१९ का नरनाथ सुबेदीले जानकारी दिए । स्थानीय शासनयुक्त वडा घोषणा मुुल समारोह समिति संयोजक समेत रहेको...
हेटौंडा–१२ मा उपनिर्वाचन सम्पन्न गर्न ४५ जना कर्मचारी खटाइयो
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचन सम्पन्न गर्न ४५ जना कर्मचारी खटाइएको छ । खटिएका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले बिहीबार निर्वाचन सामाग्री हस्तान्तरण गरेकी हुन् । निर्वाचन गराउन आवश्यक पर्ने ५८ प्रकारका सामाग्री कर्मचारीहरुलाई हस्तान्तरण गरिएको छ । २...
हेटौंडामा घरको दुई तला माथिबाट खसेर दुलालको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा घरको दुई तला माथिबाट खसेर बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१३, पदमपोखरीका ४१ वर्षीय सविन दुलाल रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बिहीबार दिउँसो ३ बजेको समयमा हेटौंडा–४, नेपालचाृकस्थित युवराज विडारीको घरमा...
हेटौंडामा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयारीसम्बन्धी गोष्ठी
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयारीसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको छ । आजसम्म संचालन हुने उक्त गोष्ठी प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको आयोजनामा बिहीबारबाट सुरु भएको हो । गाष्ठीको प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्घाटन गरेका हुन् । सो क्रममा उनले...
आज कस्तो रहला देशभरको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, त्यसको प्रभावले कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ...









