समाचार

आज ४०० ले घट्यो सुनको भाउ, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको भाउ घटेको छ । यसदिन सुन प्रतितेला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ घटेसँगै आज सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।...

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । गएारतिदेखि पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेको छ । नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रहरूमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रहरूमा १५९...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा शास्त्र अध्ययन संस्थानबीच सम्झौता

मकवानपुर । नेपालको चिकित्सा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा शास्त्र अध्ययन संस्थान (त्रिभुवन विश्वविद्यालय) बीच ऐतिहासिक सम्झौता भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवाली र चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्राध्यापक डा. दिव्या सिंह शाहले हस्ताक्षर गर्दै ऐतिहासिक...

वडाध्यक्षको निधनमा आज शोक विदा

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिकामा आज शोक विदा दिइएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको निधनमा आज गाउँपालिकाभर सार्वजनिक विदा दिइएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह भण्डारीले आज आइतबार वडाध्यक्ष बस्नेतको निधनमा सार्वजनिक विदा दिएको बताए । उनका अनुसार,...

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

जनकपुरधाम । सिरहामा नम्बर नखुलेको गाडीको ठक्करबाट आज बिहान एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरीका सई लक्ष्मण यादव रहेका छन् । प्रहरीका अनुसार, बरियारपट्टी गाउँपालिका–१ कचनारी बोर्डर नजिक उक्त गाडीले ठक्कर दिँदा उनी घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा प्रादेशिक अस्पताल...

पठान स्टाइकर्सले हात पार्यो टि–१० क्रिकेटको उपाधि

मकवानपुर । मकवानपुरको हेटौंडामा भएको टि–१० क्रिकेट प्रतियोगिताको उपाधि पठान स्टाइकर्सले हात पारेको छ । नेपाल मुस्लिम इत्तेहाद सङ्गठन मकवानपुर जिल्ला कमिटीको आयोजना भएको उक्त प्रतियोगिताको उपाधि पठान स्टाइकर्सले हात पारेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, हुप्रामा शनिबार भएको फाइनल खेलमा चितवनको रत्ननगर क्रिकेट क्लबलाई ३ रनले...

वाणिज्य कानून विषयक आधारभूत तालिम समापन

मकवानपुर । नेपाल कानून व्यवसायी परिषद् लयर्स एकेडेमी समितिद्वारा हेटौंडामा आयोजित वाणिज्य कानून विषयक आधारभूत तालिम समापन भएको छ । मंसिर ८ गतेदेखि सुरु भएको उक्त तालिम शनिबार समापन गरिएको हो । उच्च अदालत बार एशोसीयसन हेटौंडा र जिल्ला अदालत बार एशोसीयशन मकवानपुरको सह–आयोजनामा भएको उक्त तालिम १० वर्ष...

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

मकवानपुर । पालुङ जेसीज वर्ष २०२४ को जेसीज सप्ताह कार्यक्रम सम्पन्न भएको छ । मंसिर ७ गतेबाट सात दिनसम्म विभिन्न रचनात्मक कार्यक्रमसहित संचालन भएको जेसीज सप्ताह शनिबार समापन गरिएको हो । पालुङ जेसीजको सभाहलमा भएको समापन कार्यक्रममा थाहा नगरपालिका भित्र रहेर विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो...

उपनिर्वाचनः रिक्त ४१ पदका लागि शान्तिपूर्ण रूपमा मतदान जारी

काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज देशभरका विभिन्न ४१ पदका लागि हाल मतदान जारी छ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको हो । उक्त पदका लागि हुन लागेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदान उत्रिएका छन् । जिल्ला समन्वय समिति...

उपनिर्वाचनः हेटौंडा–१२ मा मतदान सुरु

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१२ मा वडाध्यक्ष पदका लागि मतदान सुरु भएको छ । कडा सुरक्षा व्यवस्थापनका बिचमा २ मतदान स्थलमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो । भोर्लेस्थित विष्णु आधारभूत विद्यालय मतदान केन्द्र र सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्र गरी २ वटा मतदानस्थलमा...