वाणिज्य कानून विषयक आधारभूत तालिम समापन

तु खबर संवाददाता
२०८१ मंसिर १६, आईतवार ०९:३५

मकवानपुर । नेपाल कानून व्यवसायी परिषद् लयर्स एकेडेमी समितिद्वारा हेटौंडामा आयोजित वाणिज्य कानून विषयक आधारभूत तालिम समापन भएको छ । मंसिर ८ गतेदेखि सुरु भएको उक्त तालिम शनिबार समापन गरिएको हो ।

उच्च अदालत बार एशोसीयसन हेटौंडा र जिल्ला अदालत बार एशोसीयशन मकवानपुरको सह–आयोजनामा भएको उक्त तालिम १० वर्ष भन्दा कम समय कानुन व्यवसायमा सम्लग्न कानून व्यवसायीहरुलाई दिइएको हो ।

सो तालिममा ४० जनाको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रम नेपाल बार एशोसीयशन तथा लयर्स एकेडेमीका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको सभाध्यक्षता तथा नेपाल कानून व्यवसायी परिषद्का अध्यक्ष तथा नेपाल सरकारका महान्यायाधिवक्ता वरिष्ठ अधिवक्ता रमेश बडालको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीशद्वय यमुना भट्टराई, डा.शान्ता सेढाई, नेपाल बार काउन्सिलका सदस्य वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, बागमती प्रदेशका मुख्य न्यायधिवक्ता वरिष्ठ अधिवक्ता शुकदेव काफ्ले, प्रदेश बार, जिल्ला बारका अध्यक्ष, पूर्व अध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु लगायत अधिवक्ताहरुको उपस्थिति रहेको थियोे ।