दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–१४ मुरलीबगैँचा घर भई काठमाडौँको काँडाघारी हात्तीडाँडा बस्ने ४५ वर्षीय सञ्जय सिंह रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार,गएराति जडीबुटीस्थित सडकमा रोकी राखेको बा ४ ख ६१८२ नम्बरको टिपरमा प्र ३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा उनी गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमासेन्टर महाकालमा उपचारका क्रममा मृत्यु भएको हो ।
हाल फरार टिपर चालकको प्रहरीले खोजीकार्य गर्नुका साथै प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।