चार देशका राजदूतद्वारा शपथ ग्रहण
काठमाडौं । चार देशका लागि नियुक्त भएका राजदूतहरुले शपथ ग्रहण गरेका छन् । उनीहरुले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा उनीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण गर्नेहरुमा क्रमशः संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, अरेवियाका लागि नरेशविक्रम ढकाल र अष्ट्रेलियका लागि चित्रलेखा यादव रहेका छन् ।
शपथ कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको सहभागिता रहेको थियो ।
