प्रतिभा आधारभूत विद्यालयको मतदान केन्द्रमा २८ सयभन्दा बढी मत खस्यो

तु खबर संवाददाता
२०८१ मंसिर १६, आईतवार १५:३३

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा वडाध्यक्ष पदका लागि हाल मतदान जारी छ । कडा सुरक्षा व्यवस्थापनका बिच मतदान भइरहेको हो ।

सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा हालसम्म २ हजार ८ सय ५९ मत खसेको छ ।

४ हजार ४ सय २८ मतदाता रहेको उक्त केन्द्रमा ६४ दशमलव ५६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।