स्थानीय तह उपनिर्वाचनः हेटौंडा–१२ मा मतदान सकियो

तु खबर संवाददाता
२०८१ मंसिर १६,आईतवार १७:२२

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा वडाध्यक्ष पदका लागि भएको मतदान प्रकृया सकिएको छ ।

भोर्लेस्थित विष्णु आधारभूत विद्यालय मतदान केन्द्र र सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्र गरी २ वटा मतदानस्थलमा बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो ।

अपडेट भइरहेकाले मतदाताको तथ्यांक आउन केहीबेर लाग्ने मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् ।

मतदान केन्द्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी आवश्यकता अनुसार परिचालन गरिएको थियो ।

सुरक्षा सुदृढ बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र समेत परिचालन गरिएको थियो ।