समाचार

१७ अंकले बढ्यो सेयर बजार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अंकले बढेको छ । आज कारोबार मापक नेप्से परिसूचक ० दशमलव ६४ प्रतिशतले बढेर २ हजार ७७५ दशमलव ८५ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । मंगलबार बजारमा ८...

मकवानपुरमा घरको फर्मा निकाल्ने क्रममा लडेर एक जना घाइते

मकवानपुर । मकवानपुरमा घरको फर्मा निकाल्ने क्रममा लडेर आज बिहान एक जना घाइते भएका छन् । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ४ अजिङगरे बस्ने ज्ञान प्रसाद सुवेदीको निर्माणाधीन अवस्थामा रहेको घरको फर्मा निकाल्ने क्रममा लडेर एक जना घाइते भएका हुन् । घाइते हुनेमा भारत रक्सोल घर भई हाल बकैया...

१११ किलो गाँजासहित हेटौंडाबाट भारतीय नागरिक पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, तिनताप्केस्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट प्रहरीले सोमबार अवैध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी लेवट बसामाडी मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा एक सय ११ किलोसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी...

हेटौंडा–१२ का नवनिर्वाचित वडाध्यक्ष तिवारीले लिए शपथ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का नवनिर्वाचित वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले शपथ लिएका छन् । नवनिर्वाचित वडाध्यक्ष तिवारीले सोमबार उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उनलाई हेटौंडा उपमहानगरपालिकाको प्रमुख मीनाकुमारी लामाले शपथ ग्रहण गराएकी हुन् । मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा...

नक्कली अपाङ्गताको सिफारिस लिएर सहयोग माग्दै हिँड्ने पक्राउ

खोटाङ । बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै नक्कली अपाङ्गताको सिफारिस लिएर सहयोग माग्दै हिँड्ने दुई जना पक्राउ परेका छन् । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई जनालाई...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने...

रवि लामिछानेलाई चितवन लगियो

चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ । सभापति लामिछानेलाई बुद्ध एयरमार्फत् चितवन लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक जाहेरी...

मन्त्री महर्जनद्वारा बकैया खेलग्रामको उद्घाटन

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिका वडा नम्वर–५ कर्मचुलीस्थित बकैया खेलग्रामको उद्घाटन गरेका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाको आर्थिक सहयोग तथा जन एकता क्लबको समन्वयमा निर्माण गरिएको खेलग्रामको सोमबार एक समारोहका बीच उद्घाटन गरिएको हो । सो अवसरमा...

संसदीय समितिको बैठक आह्वान

काठमाडौं । संसदीय समितिको बैठक आह्वान गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यही मंसिर १९ गते बस्ने गरी बैठक आह्वान गरेको हो । समितिले विद्यालय शिक्षा विधेयकमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक समितिको सचिवालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो ।...

शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल नियुक्त

काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देललाई नियुक्त गरिएको छ । सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा रिक्त सो पदमा सिग्देललाई नियुक्त गरिएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई लाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो । सोमबार मन्त्रालयमा सिग्देलले कार्यभार सम्हालेका छन् ।...